जबरजस्ती करणीको आरोपमा फरार प्रतिवादी सिराहाबाट पक्राउ

विराटनगर । जबरजस्ती करणी गरी फरार रहेको आरोपमा प्रहरीले एक जनालाई सिराहाबाट पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका–४ घर भई हाल विराटनगर महानगरपालिका–४ इक्राही टोलस्थित ससुराली घरमा बस्दै आएका ३४ वर्षीय राकेश कुमार यादव रहेका छन्।

प्रहरीका अनुसार यादवले छिमेकी २१ वर्षीया अविवाहित महिलालाई ललाइफकाइ तथा धाकधम्की दिई जबरजस्ती करणी गरेको र त्यसबाट महिला गर्भवती भएको आरोप छ। पीडित महिलाले बच्चा जन्माएपछि यादवविरुद्ध २०८३ भदौ १८ गते जिल्ला प्रहरी कार्यालय मोरङमा किटानी जाहेरी दिएकी थिइन्।

जाहेरीपछि फरार रहेका यादवको खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सिराहाको सहयोगमा कात्तिक ११ गते आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका यादवलाई मोरङ ल्याई मोरङ जिल्ला अदालतबाट जबरजस्ती करणीसम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले कात्तिक १२ गते जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖