कारागारबाट कैदी फरार प्रकरणः घटनाको छानविन गर्न डिआईजी सापकोटा डोल्पामा

सुर्खेत, १७ कात्तिक। गत शुक्रबार डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका कैदीहरु खोज्न र आवश्यक निर्देशन दिन कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटा मंगलबार डोल्पा पुगेका छन् ।

उनीसहित डोल्पामा केन्द्रीय छानविन टोलीसमेत पुगेर अनुसन्धान थालेको प्रदेश प्रहरी कार्यालय सुर्खेतका एसएसपी सन्तोषसिंह राठौरले जनाकारी दिए ।

‘कर्णाली प्रदेश कार्यालय नेपालगन्जका एसएसपी राजीव बस्नेतको नेतृत्वमा छानविन टोली गठन भएको थियो । उक्त टोली पनि आजै डोल्पा पुगेर आवश्यक अनुसन्धान गर्न सुरु गरेको छ,’ उनले भने, ‘कारागारको सुरक्षा व्यवस्थापन, कैदीबन्दी फरार हुनुअघिको अवस्था, सुरक्षाकर्मीको जिम्मेवारी र निगरानीमा भएको कमजोरीबारे स्थलगत अध्ययन गर्नेछ ।’

शुक्रबार राति ५ जना जबर्जस्ती करणी र ३ जना चोरी मुद्दाका कैदीले करिब rf/ मिटर लामो सुरुङ खनेर भागेका थिए । भागेका कैदीमध्ये दुईजना आजै रुकुममा फेला परेका छन् ।  अझै ६ फेला पर्न सकेका छैनन् ।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖