विपद्का कारण पृथ्वी राजमार्ग र गोरखाको पुलमा अवरोध
काठमाडौं । विपद्का कारण मुख्य सडक तथा पुलमा अवरोध कायमै रहेको प्रहरीले जनाएको छ ।
प्रहरीको विवरणअनुसार चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरमा पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग कात्तिक २५ गते बिहान ५ः१५ बजेदेखि एकतर्फी सञ्चालनमा आएको छ ।
त्यस्तै, गोरखाको आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीदेखि मान्बु जाने पुल असोज २५ गते आएको बाढीले क्षति पुर्याएपछि पूर्ण रूपमा अवरुद्ध रहेको छ ।


