कोशीका ४१ पालिकामा रास्वपाबाट वडाध्यक्षका लागि आवेदन शून्य
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट कोशी प्रदेशका ९६ पालिकामा वडाध्यक्ष पदका लागि १ हजार ८२ जनाले आवेदन दिएका छन् तर प्रदेशका ४१ पालिकामा भने वडाध्यक्ष बन्नका लागि एक जनाले पनि आवेदन दिएका छैनन् ।
आवेदनका आधारमा मोरङ सबैभन्दा अगाडि रहेको छ भने २३६ आवेदन सहित झापा तेस्रो स्थानमा रहेको छ ।


