प्रतिनिधिसभा विघटनबारे फैसला नगरेको भन्दै सर्वोच्चप्रति खनिए ओली

काठमाडौं, २ मंसिर । एमालेको दुई दिने राष्ट्रिय भेला सुरु भएको छ । काठमाडौंको बबरमहलमा आयोजित राष्ट्रिय भेलाको अध्यक्ष केपी ओलीले समुदघाटन गरे ।

भेलालाई सम्बोधन गर्दै ओलीले अदालतले प्रतिनिधिसभालाई संवैधानिक निकाय नै नभएको जस्तो व्यवहार गरेको आरोप लगाए । उनले प्रतिनिधिसभासम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहे पनि फैसला हुन नसकेको भन्दै प्रश्न उठाए।

उनले विगतमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आफूअनुकूल फैसला भएको देखे पनि अदालतका निर्णय स्वीकार गर्दै आएको बताए।
‘प्रतिनिधिसभाको विघटनसम्बन्धी सम्मानित अदालतबाट आफूअनुकूल फैसला भइरहेको देखेकै हो। हामीले स्वीकार्दै आएका हौँ। अहिले सम्मानित प्रतिनिधिसभाको मुद्दा अदालतमा छ। तर अदालतले प्रतिनिधिसभा संवैधानिक होइन जस्तो गरेको छ। कुनै फैसला गर्दैन,’ ओलीले भने।

उनले विगतमा संसद्सम्बन्धी मुद्दामा फैसला गर्ने अदालतले अहिले प्रतिनिधिसभाको मुद्दामा निर्णय नगरेको भन्दै असन्तुष्टि जनाए।
ओलीले वर्तमान सरकारले मानवीयतासमेत बिर्सिएको बताएका छन् । आफू तत्काल अप्रेसन नगर्दा ज्यान जाने अवस्था भएका बेला हिरासतमा राखेको बताए । 

‘मलाई तत्काल अप्रेसन नगर्दा ज्यान नै जाने अवस्था थियो । तर, मलाई हिरासतमा राख्दा अप्रेसन नै ढिला हुन पुग्यो,’ चैत १४ को पक्राउ सम्झँदै उनले भने, ‘त्यतिबेला ज्यान तलमाथि भएको भए के हुन्थ्यो ? के यिनका लागि हामी किरा फट्याङ्ग्रा हौँ ?’ 

ओलीले वर्तमान प्रहरी महानिरीक्षकले शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र आफूलाई जेलमा थुनिदिने धम्की दिएको पनि सुनाए ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖