विराटनगरको उखुबारीमा युवकको शव शंकास्पद अवस्थामा फेला
विराटनगर । मोरङको विराटनगर महानगरपालिका–४ इक्राहीस्थित उखुबारीमा एक युवकको शव शंकास्पद अवस्थामा फेला परेको छ।
शुक्रबार दिउँसो करिब २६ वर्ष उमेरका देखिने युवकको शव घोप्टो परेको अवस्थामा भेटिएको हो। मृतकले लगाएका कपडा यथावत् रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार युवकको दाहिने कानमा चोट लागेको र घाउबाट रगत बगिरहेको अवस्थामा शव फेला परेको थियो।
घटनाको प्रकृति शंकास्पद देखिएकाले प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ। मृतकको पहिचान तथा मृत्युको कारणबारे थप विवरण आउन बाँकी छ।

