कुमार बेनमाथि अनुसन्धानकाे माग गर्दै माइतीघरमा जेनजीको मार्च

काठमाडौं, ४ मंसिर । बिचौलिया इनम सापकोटाको फोन प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनले अनधिकृत रूपमा नियन्त्रणमा लिएको विरोध गर्दै जेनजी समूहले शुक्रबार माइतीघरमा ‘ट्रान्सपरेन्सी मार्च’ आयोजना गरेका छन् ।

सापकोटा पक्राउ परेपछि प्रहरीले बरामद गरेका उनका दुई मोबाइल फोन फरेन्सिक परीक्षणअघि कुमार बेनको निवासमा दुई दिनसम्म राखिएको र त्यस अवधिमा सामाजिक सञ्जाल चलाइएको तथा केही सन्देश मेटिएको फरेन्सिक परीक्षणबाट देखिएको समाचार सार्वजनिक भएको थियो।

‘द रेड च्याप्टर’, ‘जेन–जी मुभमेन्ट नेपाल’ र ‘अल जेन–जी ग्रुप्स’ को संयुक्त आयोजनामा भएको मार्चमा सहभागीहरूले कुमार बेनविरुद्ध नाराबाजी गर्दै निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका थिए।

यसअघि जेन–जी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहले कुमार ब्यञ्जनकारविरुद्ध डिजिटल प्रमाण नष्ट गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरीसमेत दिएका थिए । 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖