धनकुटा सहित कोशीका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस
धनकुटा, मंसिर ८ । कोशी प्रदेशका विभिन्न जिल्लामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ७ बजेर १७ मिनेटमा गएको भूकम्पका कारण धनकुटा, मोरङ, सुनसरीसहित आसपासका जिल्लामा धक्का महसुस गरिएको हो ।
प्रारम्भिक विवरणअनुसार ताप्लेजुङको लेलेप आसपास केन्द्रबिन्दु भएर अनुमानित ५.४ म्याग्निच्युडको भूकम्प गएको बताइएको छ ।
भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण घरबाहिर निस्किएका थिए । बिहानको समयमा गएको भूकम्पले स्थानीयमा त्रास फैलिएको थियो ।
भूकम्पबाट भएको सम्भावित क्षति, केन्द्रबिन्दु र तीव्रताबारे आधिकारिक विवरण आउन बाँकी छ ।
