राष्ट्रिय झांक्री सम्मेलन पौष २९ गते आयोजना हुने

काठमाडौ । नेपालको मौलिक बोन धर्म, संस्कार, संस्कृति तथा ऐतिहासिक पहिचानको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल झांक्री संघले राष्ट्रिय झांक्री सम्मेलन आयोजना गर्ने भएको छ। नेपाल झांक्री संघद्वारा जारी प्रेस विज्ञप्तिअनुसार आगामी २०८३ साल पौष २९ गते राष्ट्रिय सम्मेलन २०८३ आयोजना हुन लागेको हो।

सम्मेलनमा देशभरका बोन धर्मावलम्बी, धामी तथा झांक्री गुरुहरूलाई एउटै मञ्चमा एकताबद्ध गरी आपसी एकता, सद्भाव र सहकार्य अभिवृद्धि गर्ने लक्ष्य राखिएको संघले जनाएको छ।

संघका अनुसार बोन धर्मसँग सम्बन्धित धामी–झांक्री गुरुहरूको मौलिक ज्ञान, सीप, विधि तथा परम्पराको संरक्षण गर्दै भावी पुस्तासम्म हस्तान्तरण गर्नु सम्मेलनको प्रमुख उद्देश्य रहेको छ। साथै, बोन समुदायको हकहित, सम्मान र पहिचान स्थापित गर्न पनि सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

मौलिक बोन धर्म, संस्कार र संस्कृतिका सकारात्मक पक्षहरूको संरक्षण गर्दै समाजमा विद्यमान कुरीति, अन्धविश्वास, विभेद तथा विकृति–विसङ्गतिको अन्त्यका लागि सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यसमेत सम्मेलनले लिएको छ।

‘बोन धर्म, संस्कार, संस्कृति र परम्पराको संरक्षण गर्नु तपाईँ–हाम्रो साझा कर्तव्य हो। नेपालको सम्पूर्ण बोन धर्मावलम्बीहरू एक हौँ’ भन्ने साझा संकल्पसहित सम्मेलन आयोजना गर्न लागिएको विज्ञप्तिमा उल्लेख छ।

सम्मेलनलाई सफल बनाउन नेपाल झांक्री संघले सम्पूर्ण बोन धर्मावलम्बी, धामी-झांक्री गुरु, विभिन्न संघसंस्था, बुद्धिजीवी, समाजसेवी तथा सञ्चारकर्मीहरूलाई सहयोग, सहकार्य र सहभागिताका लागि अपिल गरेको छ।

त्यसैगरी, बोन धर्म, संस्कार, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धनका लागि आवश्यक सहयोग, मान्यता र संरक्षण प्रदान गर्न संघले नेपाल सरकारसँग अनुरोधसमेत गरेको छ।

नेपाल झांक्री संघका अध्यक्ष चेत बहादुर थिङले जारी गरेको प्रेस विज्ञप्तिमा बोन धर्म तथा संस्कृतिको संरक्षण सबैको साझा दायित्व भएको उल्लेख गर्दै सम्मेलनलाई ऐतिहासिक रूपमा सफल बनाउन सबै पक्षको सहभागिताका लागि आग्रह गरिएको छ। पत्रकार सम्मेलनमा झाक्री गुरु प्रकाश भुजेल , मोहनिको राजा,सिमान्त गुरु लगायत बिशेस गुरुहरुको उपस्थिति रहेको थियो ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖