विर्तामोड स्थित न्युटन्स एजुकेसन एकेडेमीका विद्यार्थीलाई बीमाबारे छलफल तथा अन्तरक्रिया सम्पन्न

विराटनगर । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा झापाको विर्तामोडस्थित न्युटन्स एजुकेसन एकेडेमीका विद्यार्थी तथा शिक्षकसँग बीमा प्रवद्र्धनात्मक छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका प्रमुख राजेन्द्र महर्जनले गर्नुभएको थियो ।

अन्तरक्रियाका क्रममा नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयका प्रमुख राजेन्द्र महर्जनले बीमाको आवश्यकता, जोखिमबाट हुने आर्थिक क्षति न्यूनीकरण तथा बीमाप्रति जनचेतना अभिवृद्धि गर्ने विषयमा जानकारी दिइएको थियो। विद्यार्थिमार्फत परिवार र समुदायमा समेत बीमासम्बन्धी सचेतना विस्तार गर्ने उहाँले विद्यार्थी तथा शिक्षकलाई आग्रह गर्नुभयो । उहाँले जोखिमहुनु भन्दा अगाडि नै आफनो बचतको केही हिस्सा बीमाको प्रिमियमको रुपमा बचत गर्न समेत उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणकी सहायक निर्देशक सविता झाले बीमाको महत्व, आवश्यकता, प्रकार तथा जोखिम व्यवस्थापनमा बीमाको भूमिकाबारे प्रस्तुतीकरण गर्नुभएको थियो। उहाँले बाढी, पहिरो, भूकम्पलगायत प्राकृतिक विपद् तथा आन्दोलन जस्ता अप्राकृतिक घटनाबाट हुन सक्ने क्षति र जोखिम न्यूनीकरणका लागि बीमा प्रभावकारी माध्यम भएको बताउनुभयो ।

कार्यक्रममा न्युटन्स एजुकेसन एकेडेमीका प्राचार्य देवेन्द्र हुमागाईंले विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानसँगै जीवनोपयोगी तथा व्यवहारिक शिक्षाबारे जानकारी गराउनु आवश्यक रहेको बताउनुभयो । उहाँले बीमा आर्थिक सुरक्षाको महत्वपूर्ण माध्यम भए पनि यसबारे पर्याप्त जनचेतना नभएको उल्लेख गर्दै विद्यालयस्तरबाटै विद्यार्थीलाई बीमाको महत्व र आवश्यकताबारे जानकारी गराउनुपर्ने धारणा राख्नुभयो। यस्ता सचेतनामूलक कार्यक्रमले विद्यार्थीमा बीमासम्बन्धी ज्ञान अभिवृद्धि गर्नुका साथै परिवार र समाजमा समेत सकारात्मक सन्देश प्रवाह गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो ।

विद्यालयका शिक्षिकाद्वय रचना शर्मा र सिर्जना लेप्चाले आफ्ना नानीबाबुहरूको भविष्य सुरक्षित बनाउने उद्देश्यले शैक्षिक बीमा गराएको बताउनुभएको छ। उहाँहरूले बालबालिकाको उच्च शिक्षा तथा भविष्यमा आइपर्न सक्ने आर्थिक चुनौतीलाई मध्यनजर गर्दै समयमै बीमा गर्नु आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। साथै, अभिभावकलाई पनि बालबालिकाको शिक्षाका लागि बीमा गर्न सुझाव दिनुभयो ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖