भारतको सिक्किममा तीन खेलको यु -१९ सिरिज, पथरी शनिश्चरेका चार खेलाडी सहभागी हुँदै

पथरी, ११ मंसिर ।  भारतको सिक्किममा आयोजना हुने तीन खेलको यु-१९  क्रिकेट सिरिजमा मोरङको पथरी शनिश्चरेका चार महिला खेलाडी सहभागी हुने भएका छन्।

एनिस्का थापा, समीक्षा राई, सुभेच्छा लिम्बु र स्मारिका गौतम मंसिर ११ गते भारत प्रस्थान गरेका हुन्। सिरिजको पहिलो खेल मंसिर १२ गते हुनेछ।

चारै खेलाडी पथरी शनिश्चरे–४ स्थित कीर्तिपुर एकेडेमीमा क्रिकेट प्रशिक्षण गर्दै आएका छन्। उनीहरूले यसअघि जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरका विभिन्न प्रतियोगितामा सहभागिता जनाउँदै खेल अनुभव हासिल गरिसकेका छन्।

भारतमा हुने सिरिज उनीहरूका लागि आफ्नो क्षमता परीक्षण गर्ने, प्रतिस्पर्धात्मक अनुभव बढाउने र खेलस्तर सुधार गर्ने अवसरका रूपमा रहनेछ।

कीर्तिपुर एकेडेमीका प्रिन्सिपल पुकार राईले खेलाडीहरूलाई नियमित प्रशिक्षण र प्रतिस्पर्धाको अवसर उपलब्ध गराउँदै उनीहरूको प्रतिभा विकासमा विद्यालयले निरन्तर काम गरिरहेको बताए।

स्थानीय स्तरमा क्रिकेटको विकास र विशेषगरी महिला खेलाडीलाई प्रोत्साहन गर्ने प्रयासका बीच चार खेलाडीको भारत सहभागितालाई पथरी शनिश्चरेको खेलकुद क्षेत्रको सकारात्मक उपलब्धिका रूपमा हेरिएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖