मनोहरा साहित्य समाजको ११९औँ रचना वाचन तथा पुस्तक परिचर्चा सम्पन्न

काठमाडौं । मनोहरा साहित्य समाजको ११९औँ रचना वाचन तथा पुस्तक परिचर्चा कार्यक्रम शनिबार काठमाडौंमा सम्पन्न भएको छ।

मंसिर १२ गते विश्वज्ञान पाठशालाको सभाकक्षमा आयोजित कार्यक्रममा समाजका अध्यक्ष डिल्लीराज अर्यालको सभापतित्व तथा बाल साहित्यकार प्राध्यापक ध्रुव घिमिरेको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा प्राज्ञ बूँद राना र स्रष्टा समीक्षक ज्ञाननिष्ठ ज्ञवाली विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा करिब तीन दर्जन स्रष्टा तथा साहित्यप्रेमीको उपस्थिति रहेको थियो। अध्यक्ष अर्यालले स्वागत मन्तव्यसँगै कविता वाचन गरेर कार्यक्रम सुरु गरेका थिए। पहिलो चरणमा बलराम बिष्ट, सीताराम खतिवडा, मकुन्दराज शिवाकोटी, राजेन्द्रकुमार वज्राचार्य, भालचन्द्र भण्डारी, मदनराज घिमिरे, पदम दाहाल, विष्णु थापा र मानन्धर अभागी लगायतले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए।

कार्यक्रममा पूर्व शिक्षक तथा स्रष्टा प्रेमनाथ घिमिरेद्वारा २०७८ सालमा प्रकाशित कविता कृति ‘अमर अनुभूति’ (तेस्रो संस्करण २०८३) माथि पुस्तक परिचर्चा गरिएको थियो। कृतिकार घिमिरेले पुस्तकको सिर्जनागर्भ र लेखकीय अनुभूति प्रस्तुत गरेका थिए भने समीक्षक ज्ञाननिष्ठ ज्ञवालीले कृतिमाथि समीक्षात्मक टिप्पणी गरेका थिए।

दोस्रो चरणको रचना वाचनमा नूरदेव खनाल, सीता आस्था ढुंगेल, लीलाराज दाहाल, सूर्यप्रसाद डुम्रे, सम्पत् काफ्ले, आल्पी फोहेन फाक्लुप्पा, चन्द्र मादेन आन्छन्, केशव ज्ञवाली, केशव घिमिरे, हरि पथिक, दीपक चौलागाईं र भावकेशर बराल लगायतले रचना सुनाएका थिए।

विशिष्ट अतिथि प्राज्ञ बूँद रानाले मन्तव्यसहित गजल गायन प्रस्तुत गरेका थिए। प्रमुख अतिथि प्राध्यापक ध्रुव घिमिरेले समसामयिक साहित्यिक प्रवृत्ति र सिर्जनाको महत्त्वबारे धारणा राखेका थिए।

संस्थाका सचिव भावकेशर बरालले सञ्चालन गरेको कार्यक्रम धन्यवाद ज्ञापनसहित समापन भएको थियो। कार्यक्रमपछि सहभागीहरूबीच सामूहिक तस्बिर खिच्ने तथा जलपान कार्यक्रम गरिएको थियो।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖