धनकुटा बोधे गाविसका महिलाहरु सहकारी भवन निमार्णमा जुटे
धनकुटा खबर, १० फागुन । धनकुटाको बोधे गाविसका महिलाहरु भवन निमार्णमा जुटेका छन् । बोधे–९ मा रहेको गढी थुम्का महिला वचत तथा क्रण सहकारी संस्थामा आवद्ध महिलाहरु सहकारीको भवन निमार्णमा अहिले जुटेका हुन् ।
सहकारीको भवन निमार्णका लागी वोधे–३ का एक दम्पतिले सहकारी संस्थालाई निशुल्क जग्गा प्रदान गरेपछि भवन निमार्णको काम शुरु भएको सहकारी संस्थाका अध्यक्ष सिता देवानले वताउनुभयो । भवन निमार्णका लागी कृष्णकुमार मादी र सुमित्रा मादीले वोधे –९ मा रहेको चार आना जग्गा सहकारीलाई निशुल्क प्रदान गर्नुभएको छ ।
भवन निमार्णका लागी जग्गा निशुल्क प्राप्त भएपछि भवन निमार्ण कार्य शुरु गरिएको सहकारी संस्थाले जनाएको छ । महिला सहकारी संस्थाको भवन निमार्णका लागी महिला तथा वालवालिका कार्यालय धनकुटाले एक लाख ५० हजार र गाविसको कार्यालय वोधेवाट गत आर्थिक वर्ष एक लाख रुपैया बजेट प्राप्त भएको अध्यक्ष सिता देवानले वताउनुभयो ।
साथै उहाँले गाविसको यस आर्थिक वर्षको महिला लक्ष्ति वजेट समेत भवन निमार्णमा सहयोगका लागी माग गरिएको वताउनुभयो । भवन निमार्ण भएपछि सहकारीका गतिविधि सञ्चालनमा सहज हुने भएको छ । आफ्नै भवन नहुदाँ खुल्ला चौरमा वैठक वस्नु पर्ने वाध्यता रहेको छ । भवन निमार्ण कार्य पुरा भएपछि सहकारीका नियमित गतिविधि सञ्चालन र विभिन्न वैठक तथा कार्यक्रम सञ्चालन गर्न सहज हुने सहकारी संस्थाका अध्यक्ष सिता देवानको भनाई छ ।


