पूर्वलडाकुहरुका लागि पुनःस्थापना केन्द्र स्थापना

मोगादिसु, २१ फागुन । सोमालियाका अल–सबाब सशस्त्र लडाकू समूहका पूर्वलडाकुका लागि दक्षिणी सोमालियाको किस्मायो नगरमा पुनःस्थापना तथा सुधार केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।

अफ्रिकाको सिंग राष्ट्र (हर्न अफ अफ्रिका)को नामले पनि परिचित सोमालियामा आन्तरिक युद्ध परित्याग गरेका पूर्वलडाकूको उपचार तथा उनीहरुलाई राष्ट्रिय हितका कार्यक्रममा परिचालन गर्नका निम्ति खोलिएको यो चौथो पुनःस्थापना केन्द्र भएको सोमालियाका लागि संयुक्त राष्ट्रसङ्घीय आयोग (युएनएसओएम)ले एक प्रेस बिज्ञप्तिमार्पmत जनाएको छ ।

सोमालियाको पिछडिएको क्षेत्रमा अवरुद्ध क्षेत्रीय विकासका कार्यक्रम पुनःसञ्चालनमा ल्याउन र अतिबादीले चलाउने सम्भावना रहेको हिंसात्मक गतिविधि नियन्त्रण गर्न उक्त पुनःस्थापना केन्द्र दीर्घकालसम्म सञ्चालन गरिने युएनएसओएम अन्तर्गतको निकायः रुल अफ ल एण्ड सेक्युरिटि इन्स्टिच्युसन ग्रुपका निर्देशक स्टेफ्यान टिल्ल्यान्डरले बताउनुभयो ।

“विश्वमा कहीँ पनि शान्ति विना विकास सम्भव छैन । यस पुनःस्थापना केन्द्रले विस्तृत परियोजनामार्पmत् शान्ति र विकास अभिवृद्धि गर्नमा पूर्वलडाकूलाई सहयोग गर्नेछ, यसमा जर्मनी, जापान र अन्य राष्ट्रले समेत सहयोग गरेका छन्,” उहाँले भन्नुभयो ।

यसअघि, युएनएसओएम र विकास साझेदारको सहयोगमा सोमालियाको बाइदोआ, बेलेट वेने र मोगादिसुमा यस्तै तीन वटा सङ्क्रमणकालिन पुनःस्थापना केन्द्र स्थापना गरिएका थिए ।

यस्ता पुनःस्थापना केन्द्रमा पूर्वलडाकूलाई व्यावसायिक शीप विकास तालिम दिनुका अतिरिक्त स्थानीय समुदायमा घुलमिल भइ वसोबास गर्नका लागि मनोवैज्ञानिक परामर्श पनि दिइने छ ।

पुनःस्थापना केन्द्रको निर्माणमा जर्मन सरकार, राष्ट्रसङ्घीय मिसन, सोमालिया सरकार र विकास साझेदारको आर्थिक सहयोग रहेको थियो ।

सोमालियाका लागि जर्मन उप–राजदूत मार्कस बोलमोरले पुनःस्थापना केन्द्रको सम्पूर्ण उद्देश्य भनेकै स्थायी शान्ति सुरक्षा कायम गराउन र दीर्घकालसम्म दिगो रहने मेलमिलापको वातावरण निर्माणमा सहयोग गर्ने रहेको बताउनुभयो । रासस÷सिन्ह्वा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।