विदेशमा रहेका नेपालीहरुद्वारा विद्यालयलाई १४ थान उपकरण सहयोग

धनकुटा खवर, फागुन २६ । रोजगारको शिलाशिलामा विदेश रहेका नेपालीहरुले मारेककटहरे–९ स्थित धर्मोदय माध्यमिक विद्यालयलाई ५ लाख २१ हजार रुपैया वरावरको कम्प्युटर लगाएत विद्य्तीय उपकरण सहयोग गरेका छन् ।

उनीहरुले सामाजिक सञ्जाल फेसवुकमा धर्मोदय माध्यमिक विद्यालय सहयोग अभियान सञ्चालन गरि १४ थान कम्प्यूटर, प्रोजेक्टर र साउण्ड सिस्टम उफर एक÷एक थान विद्युतीय उपकरण सहयोग गरेको प्रधानध्यापक तुलसीराम रायमाझीले बताए ।

उनका अनुसार विदेशमा रहेका उनीहरुले स्वेच्छिक प्रतिव्यक्ति २ देखि २१ हजार रुपैयाँसम्म संकलन गरेका थिए । दाताबाट विद्युतीय उपकरण प्राप्त भएसँगै विद्यालयमा कम्प्यूटर शिक्षा सञ्चालन गर्न सहयोग पुगेको उनले बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।