धनकुटाको पाख्रीबास नगरपालिका स्थित शिवालय मन्दिरको जिर्णोद्धार कार्य शुरु

धनकुटा खबर, चैत २ । पाख्रीवास नगरपालिका स्थित धार्मिक तथा पर्यटकीय स्थल शिवालय मन्दिरको जिर्णोद्धार कार्य शूरु भएको छ ।

मन्दिर विकास समितिका सदस्य कृष्ण थापाका अनुसार मन्दिर जिर्णोद्धारका लागि वस्ति विकास अन्र्तगतको साढे ६ लाख, जिल्ला विकास समिति धनकुटावाट साढे तीन लाख रकम प्राप्त भएपछि मन्दिर मर्मतको कार्य थालिएको हो ।

वजार क्षेत्रकै पहिलो धार्मिक स्थलको रुपमा वर्षौ अघि स्थापीत यो मन्दिरको अहिले पूर्वतर्फको पर्खाल लगाउने कार्य धमाधम जारी छ । मन्दिर मर्मत सम्हारका लागि त्यहाँका स्थानीयले जनश्रमदान समेत गरिरहेको सदस्य थापाले वताउनुभएको छ ।

मर्मत सम्हारको कार्य अन्तर्गत मन्दिरको पूरानो भित्ताको पुरानो भाग उक्याएर नयाँ सिमेन्ट प्लास्टर गर्ने दक्षिण तर्फको वालमा ईटा थप्ने लगायतको कार्य गरिने मन्दिर मर्मत सम्हारको जिम्मा लिएको यती युथ क्लवका संयोजक रेगन गुरङ्गले वताउनुभयो ।

sivalaya-temple-pakhribas-dhankuta

मन्दिर जीर्णेद्धारको कार्य तीन महिना सम्ममा सम्पन्न गर्ने लक्ष रहेको छ । २०४१ सालवाट निर्माणको पहल थाली २०५५ सालमा स्थापनाको काम पुरा गरिएको यो मन्दिरको भित्ता २०७२ सालको भूकम्पले चक्र्याएको थियो । यो मन्दिरमा शिवको पूजापाठ गर्ने विशेष दिन तथा चाडपर्वमा पूजाआराधना गर्ने गरिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।