बसको ठक्करबाट धनकुटाका ३ जना बिद्यार्थीहरु गम्भिर घाईते, चालक नियनत्रणमा

धनकुटा खबर, चैत ७ । अनियन्त्रीत भएको बसको ठक्करबाट एसइइ परिक्षा दिएर फर्कदै गरेका धनकुटाका ३ जना विद्यार्थीहरु गम्भीर घाइते भएका छन् ।

संखुवासभाको मुढे शनिश्चरेबाट धरान जाँदै गरेको को १ ख २९३२ नम्बरको बसले धनकुटाको जोरपाटीमा ठक्कर दिदा बिद्यार्थीहरु घाईते भएका हुन् ।

घाईते हुने बिद्यार्थीहरुमा तांखुवा ९ का दोर्जे शेर्पा, सोहि स्थानका अञ्जना मगर र एलिसा ओझा घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते बिद्याथीहरुकको सदरमुकाम धनकुटामा उपचार हुन नसकी धरान बिपि मेमोरीयल प्रतिष्ठानमा उपचारका लागि पठाईएको धनकुटा अस्पतालले जानकारी दिएको छ ।

बस चालक भोजपुर दोभाने ८का मिनकुमार राई प्रहरी नियन्त्रण रहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

स्टेरिङ फेल भई बस अनियन्त्रित हुंदा उक्त दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रहरी सहायक उपरीक्षक सुरेन्द्र खड्काले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।