एमालेले बाघी उमेद्वारलाई ठाउँको ठाउँ कारवाही गर्ने
धनकुटा खबर, चैत ११ । नेकपा एमालेका स्थाई कमिटीका सदस्य छविलाल बिश्वकर्माले स्थानिय निकायको चुनावमा पार्टीको नीति बिपरीत बाघी उठ्ने उमेद्वार र तीनका समर्थकलाई कडा कारवाही गर्ने पुनः चेतावनी दिएका छन ।

आगामी बैखाख ३१ गतेबाट शुरु हुने स्थानिय निकायको चुनावी गतीविधीका लागि धनकुटा आउनुभएका बिकले प्रेश चौतारी धनकुटाले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताउनुभएको हो ।
उहाँले भन्नु भयो’,‘बाघी उमेद्वारहरुलाई ठाउँको ठाउँ कारवाही गरिनेछ ।’
कतिपय सन्दर्भमा पार्टीको निर्णय बिपरीत ब्यत्तिगत स्वार्थका लागि बाघी उमेद्धार हाल्ने परिपार्टीलाई निरुत्साहित गर्न पार्टीको केन्द्रिय नीति अनुसार यस्तो कारवाहीको निर्णय गििरएको बिकले जानकारी दिनुभयो ।
यस अघि नेकपा एमाले कन्द्रिय समितिले स्थिानिय निकायका उमेद्धारहरुको छनौट स्थानिय पार्टीको रायमा प्रतिनीधि छनौट गर्ने र बाघी उमेद्वार उठेमा सबैलाई कारवाही गर्ने सार्वजनिक गरेको थियो ।
चौतारी धनकुटाका अध्यक्ष सन्तोष रुचालको अध्यक्षतामा सम्पन्न भएको उक्त पत्रकार सम्मेलनमा नेकपा एमालेका जिल्ला अध्यक्ष राजन्द्र राई,प्रदेश कमिटी सदस्य खेम नेपाली,प्रचार बिभाग प्रमुख नैन बिश्वकर्मा,मुक्ति समाज केन्द्रिय सदस्य डिल्लीश्वर दर्नाल लगाएको उपस्थिति रहेको थियो ।


