यस्तो देखियो टुँडिखेलमा घोडेजात्राको रौनक (भिडियो सहित)

घोडेजात्राका अवसरमा अश्वकला

काठमाडौँ, १४ चैत । प्रत्येक वर्ष चैत कृष्ण औँसीका दिन मनाइने घोडेजात्राका अवसरमा नेपाली सेनाले घोडा दौड तथा विभिन्न अश्वकला प्रदर्शन गरेको छ ।

घोडेजात्राका अवसरमा सोमबार नेपाली सेनाले टुँडिखेलमा आयोजित समारोहमा अश्वकला प्रदर्शन गर्दै नेपाली सेना। तस्बिर: रासस

सेनाद्वारा टुँडिखेलमा आज आयोजित समारोहमा टाँगन घोडा दौड, चार्जर घोडा दौड, भल्टिङ एनड एक्रोब्याटिक्स, क्याभल्री राइड, क्रस टेन्ट पेगिङ, हर्स बल, म्युजिकल राइड, क्रस कन्ट्रीलगायत अश्वकला प्रदर्शन गरियो ।

समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीश, मन्त्रिगण, संवैधानिक निकायका प्रतिनिधि, सुरक्षा निकायका अधिकारी, सेनाका वरिष्ठ अधिकृत, सरकारका उच्च पदाधिकारी, कूटनीतिक निकायका प्रतिनिधिलगायतले घोडेजात्रा अवलोकन गर्नुभएको थियो ।

घोडा दौडमा उत्कृष्ट प्रदर्शन गर्ने प्रतियोगीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पुरस्कृत गर्नुभएको थियो । सिंहदरबारस्थित सेनाको ‘श्री नेपाल क्याभल्री’ युनिटले प्रत्येक वर्ष घोडेजात्राका अवसरमा घोडा दौड तथा विभिन्न अश्वकला प्रदर्शन गर्दै आएको छ ।

विसं १९०६ मङ्सिर ७ गते ‘रिसल्ला’ नामबाट स्थापित क्याभलरीले स्थापनाकालदेखि नै विभिन्न राजकीय तथा सैनिक समारोह र उत्सवमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ । यस पर्वका अवसरमा सरकारले काठमाडौँ उपत्यकामा एक दिन सार्वजनिक बिदासमेत दिने गरेको छ ।

https://youtu.be/TGJCKMVLg7g



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।