नेपाल पत्रकार महासघं स्थापना दिवसको अवसरमा धनकुटामा प्रभातफेरी

धनकुटा खबर, १६ चेत्र । पत्रकारहरूको छाता संस्था नेपाल पत्रकार महासंघ आफ्नो स्थापनाको ६२ औं वर्षमा प्रवेश गरेको छ । पत्रकार महासघंको स्थापना दिवसको अवसरमा धनकुटामा प्रभातफेरीको निकालिएको छ ।
नेपाल पत्रकार महासघं धनकुटाको आयोजनामा प्रभातफेरी निकालिएको हो । स्थानिय भिमनारायण चौकवाट शुरु भएको प्रभातफेरीले बजारका विभिन्न भागको परिक्रमा गरेको छ । मदन चौकमा आएर प्रभातफेरी समापन भएको थियो ।
सो अवसरमा नेपाल पत्रकार महासघं धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले जिल्लाका सवै पत्रकारहरुलाई शुभकामना दिदै पत्रकारिताको माध्यमवाट जिल्लाका विकासका लागी आ आफ्नो ठाउँवाट लाग्न सवैलाई आग्रह गर्नुभयो । महासंघको स्थापना २०१२ चैत १६ गते भएको हो ।


