अब हिले हुँदै भीरगाऊँ जाने बाटो पीच हुने

धनकुटा खबर, चैत २५ । धनकुटा नगरपालिका वडा नं १ हिले सिरान स्थितको रत्नषडेश्वर शिवालय मन्दिर देखी पूर्व भीरगाउँ जाने सडकको करिव २ सय ७० मिटर लम्वाई पीच हुनेभएको छ ।

धनकुटा नगरपालिकाको ५२ लाख २४ हजार ३ सय ५५ रुपयाँ वरावरको आर्थिक लागतमा सडक पीच हुने भएको हो । जसअनुसार अहिले सोलिङ्ग गर्ने र पर्खाल लगाउने काम अन्तिम चरणमा पुगेको छ ।

अव पर्सि आईतवार देखी सडक पीचको काम शूरु हुने सडक निर्माणको काम जिम्मा लिएको दिल निर्माण सेवाका सुपराईजर विशाल राईले जानकारी दिनुभयो ।

सडक सोलिङ्ग गर्ने र पर्खाल लगाउने कार्य फागुन ३ गते देखी शूरु गरिएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।