सहायताकर्मीमाथिको आक्रमण बन्दगर्न राष्ट्रसंघको आग्रह

जुबा, २६ चैत । सहायताकर्मीमाथिको आक्रमण बन्दगर्न संयुक्त राष्ट्रसंघले आग्रह गरेको छ । राष्ट्रसंघीय सहायतासम्बन्धी एकजना अधिकारीले यस्तो आक्रमण बन्द गर्न आग्रह गर्नुभएको हो ।

राष्ट्रसंघको एकजना वरिष्ठ उद्वारकर्मीले दक्षिण सुडानमा हिंसामा परी दुःख पाएका व्यक्तिको सहयताका लागि खटिइ आएका सहायताकर्मीमाथिको आक्रमणले गर्दा आगामी दिनमा सहयोगका लागि गाह्रो हुने बताएका छन् ।

यसले गर्दा द्वन्द्वका कारण समस्यामा परेका व्यक्तिको उद्वार तथा सहायताका लागि सहयोग गर्न नसकिने ती अधिकारीले बताएका छन् ।

दक्षिण सुडानमा भएको यस्तो हमलाका बारेमा उद्वारकर्मी रहेका युजेन ओउसुले सो धारणा राखेका हुन् ।

उनले दक्षिणी सुडानको अवस्था निकै नै गम्भीर रहेकोले यहाँका सहायताकर्मीलाई सहयोगको माग बमोजिम पनि सहयोग पु¥याउन नसकिएको अवस्था एकातर्फ छ भने अर्कातर्फ यसका कारणले सहयोग गर्न नसकिने अवस्था रहेकोले त्यस बारेमा सोच्नुपर्ने बताए ।

द्वन्द्वमा परेका नागरिकको उद्वारको कार्य भनेको सम्वेदनशिल रहेकोले उनीहरुलाई राष्ट्रसंघले उद्वार गरिरहेको र खानादेखि अन्य सेवा दिइरहेको भए पनि आक्रमणकारीका कारण असहजता उत्पन्न भएको जनाइएको छ ।

उनले भने– यसरी द्वन्द्वमा परेका नागरिकको सहायता गर्नुको सट्टा सहयोगका लागि पुगेका अधिकारीमाथि नै आक्रमण गर्नु मानवताविरुद्धको अपराध हो, यस्तो कार्य दण्डनीय छ ।

दक्षिणी सुडानका विभिन्न स्थानमा सहयोगका लागि पुगेका अधिकारीलाई आक्रमण गरी सहयोग पु¥याउन नदिइएका समाचारका घटनाहरु आइरहेकोले यस्तो कार्य तत्काल बन्द गर्न एक विज्ञप्तिमार्फत आग्रह गरेका छन् ।

उनले द्वन्द्वरत विभिन्न पक्षलाई पनि यस कार्यमा सहयोग गर्न आग्रह गरेका छन् । संयुक्त राष्ट्रसंघले विगत लामो समयदेखि यस्तो अवस्थामा सहयोग गर्दै आएको छ ।
दक्षिणी सुडानमा पछिल्लो समयमा बढ्दै गएको हिंसाको कारण त्यहाँ लाखौँ नागरिकले दुःख पाइरहेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।