इजिप्टको चर्चमा बम हमला, २१ जनाको मृत्यु

कायरो, २७ चैत । इजिप्टको टान्टा सहरमा रहेको चर्चमा आइतबार बम विस्फोट गराइएको छ ।

विस्फोटनमा परी कम्तीमा २१ जनाको मृत्यु भएको इजिप्टको सरकारी सञ्चार माध्यमले जनाएको छ । घटनामा अन्य ५९ जना घाइते भएका छन् ।

स्थानीय समयानुसार आइतबार बिहान १० बजे सो विस्फोट भएको थियो । घटनास्थल कायरोदेखि १२० किलोमिटर उत्तरतर्फ पर्दछ ।

यसैबीच पाकिस्तानको पञ्जाव प्रदेशमा पाँच जना लडाकू र एक जना सुरक्षाकर्मी मारिएका छन् ।

पञ्जावको देरा घाजी खान जिल्लामा सुरक्षाफौजले गरेको विषेश सुरक्षा कारबाहीका क्रममा भएको दोहोरो झडपमा परी पाँच जना आतङककारीको मृत्यु भएको सेनाले जनाएको छ ।

सरकार विरोधी गतिविधि गरिरहेकाहरुका विरुद्धमा सरकारले देशभरी सुरक्षा कारबाही तीब्र बारेको छ । रासस÷एएफपी÷सिन्ह्वा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖