भारत प्रशासित काश्मिर झडपमा पाँच जनाको मृत्यु

श्रीनगर, (भारत प्रशासित काश्मिर), २७ चैत । भारत प्रशासित काश्मिरमा उप–निर्वाचनलाई भाड्ने योजनासहित मतदान केन्द्रमा आक्रमण गर्ने समूहमाथि सुरक्षाकर्मीले चलाएको गोली लाग्दा आइतबार कम्तिमा पाँच जनाको मृत्यु भएको भारतीय अधिकारीले बताएका छन् ।

प्रमुख निर्वाचन अधिकृत शान्तमनुका अनुसार उक्त समूहका केही मानिसले मतदानका लागि केन्द्रमा राखिएको विद्युतीय मतदान यन्त्रलाई नियन्त्रणमा लिई करिब एक दर्जन स्थानमा मतदान प्रक्रियालाई अवरुद्ध गर्न खोज्ने प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले चलाइएको गोली लागि पाँच जनाको मृत्यु भएको हो ।

श्रीनगर संसदीय निर्वाचन क्षेत्रका लागि भएको निर्वाचनलाई रोक्ने र निर्वाचनलाई सञ्चालन गर्ने क्रममा सुरक्षाकर्मी र विद्रोहीवीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन गोली चलाइएको स्थानीय प्रहरीले जनाएको छ ।

उक्त क्षेत्रमा गतवर्ष काश्मिरमा भएको आन्दोलनका क्रममा स्थानीय केही सर्वसाधारणको मृत्युभएको भन्दै विरोधमा सो क्षेत्रका एक सांसदले राजिनामा दिएपछि उक्त सिट खाली हुनआएको थियो । झडपमा केही प्रदर्शनकारी घाइते भएका प्रहरीले जनाएको छ ।

काश्मिरमा भारतको सार्वभौमसत्तालाई चुनौति दिदै आएका केही पृथकतावादी समूहले उप–निर्वाचनलाई बहिस्कार गरेका छन् । रासस÷एपी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।