कुरुले तेनुपामा माओवादी वैठक सम्पन्न
धनकुटा खबर, चैत २८ । नेकपा माओवादी केन्द्रले आज चौविसे गाउपालिकाको ४ नं वडाको वैठक कुरुले तेनुपामा सम्पन्न गरेको छ ।
चौविसे गाउँपालिका ईञ्चार्ज ऋषीराम ढुङ्गानाको प्रमुख आतिथ्य तथा वडाध्यक्ष अकिल न्यौपानेको अध्यक्षतमा सम्पन्न वैठकले न्यौपाने कै संयोजकत्वमा २७ सदस्यीय वडा कमिटी, रोशन भण्डारीको संयोजकत्वमा २३ सदस्यीय स्वयम् सेवक परिचालन कमिटी र महेन्द्र न्यौपानेको संयोजकत्वमा ५१ सदस्यीय चुनाव परिचालन समिति गठन गरेको माओवादी केन्द्रले जनाएको छ ।

