यी हुन धनकुटाका कृषक पशुपति कुमार भण्डारी, जसले आँप खेतीबाटै कमाउछन बार्षीक १५ लाख बढी
धनकुटा खबर, विदेश गएर धेरै पैसा कमाउने रहरमा नेपालका उर्जाशील जनशक्ति युवाहरु विदेशिने क्रम कहिले रोकिने हो, त्यो यसै भन्ने सक्ने अवस्था छैन ।

अहिले पनि नेपालका कतिपय युवाहरु विदेश गई आफुले सोचे जती पैसा कमाउने र नेपालमा आफ्नो घर व्यवहार तथा पेशा व्यवसाय राम्ररी चलाउने रहरका साथ विदेशमा संघर्ष गरिहेका छन् भने कतिपय युवाहरुको भावी योजना त्यस्तै रहेको पाईन्छ । तर धनकुटाका एक किसानले यही काम गरेर अरुलाई रोजगारी पनि दिइरहेकाछन् र आर्थिक आम्दानी पनि राम्रै गरिरहेका छन् ।
परम्परागत खेतीपाती छाडेर आप खेती गर्न थाल्नुभएका साविक धनकुटा नगरपालिका वडा नं १५, हाल वडा नं ९ का छिम्सुवाका किसान पशुपति कुमार भण्डारीले दुईजना व्यक्तिलाई रोजगारी दिनुभएको छ । वि सं २०५० सालमा ६५ रोपनी जग्गामा करिव ३ सय वोट आपको विरुवा रोपी आप खेती गर्न थाल्नुभएका भण्डारीले पछि फेरी सय रोपनी क्षेत्रफलमा खेती विस्तार गर्नुभएको छ । अहिले जम्मा १ सय ६५ रोपनी क्षेत्रफलमा आप खेती गरिरहनुभएका किसान भण्डारीले वार्षीक १५ लाख वरावर आर्थिक आम्दानी गर्नुहुन्छ । र यही आप वगैचा गोडमेल गर्न उहाँले दुई जना मानिसलाई रोजगारी समेत दिनुभएको छ ।

उनीहरुले अहिले भण्डारीले पछिल्लो समयमा माहाङ्ग भन्ने ठाउमा थप १ सय रोपनीमा विस्तार गर्नुभएको वगैचाको गोडमेल तथा हेरचाह गर्ने काम गर्दछन् । किसान भण्डारीका अनुसार शूरुवातका दिनहरुमा उहाँले आफ्नो वारीमा आपका विरुवाहरु रोप्दा एका तर्फ वस्तुभाउवाट जोगाउन समस्या हुन्थ्यो भने छरछिमेकले आफुहरुको छाडा वस्तुभाउ वगैचामा जाँदा पनि वगैचा धनि ले नै हेर्नुपर्छ भन्ने विषयलाई लिएर न्यायीक निकाय सम्म पुर्याउने काम समेत भयो । तर यति हुँदा पनि भण्डारीले वगैचाको हेरचाह गर्न छाड्नुभएन । वगैचा हेरचाहको काममा उहाँलाई आफ्नो श्रीमतीले पनि सहयोग गर्नुभयो ।
तत्कालिन समयमा ईटहरीदेखी खरिद गरेर ल्याईएको आपको विरुवा वारीमा रोपेपछि कतिपय छिमेकीले त पशुपतिको वुद्धि विग्रीयो समेत भने । यता वगैचा जोगाउन उहाँका श्री मतिलाई भ्याई नभ्याई हुन्थ्यो । उतिवेला त्यहाँका सवै मानिसहरुले मकै र तोरी खेती गर्दथे । यी दुई वाली उठाईसकेपछि हिउदको समयमा सवैको वारी खाली हुन्थ्यो । र गाई वस्तु पनि छाडा छोड्ने चलन थियो । यस्तो चलन भएपछि वगैचा जोगाउन त्यति खेर निक्कै समस्या भएको किसान भण्डारीले स्मरण गर्नुभयो । पछि लगाईएको विरुवाहरुवाट भने आउदो सालदेखी मात्र आम्दानी गर्न सकिने उहाँले वताउनुभयो । किसान भण्डारीले आफ्नो वारीमा आप रोपी राम्रो आम्दानी गर्न थाले पछि पहिला आफ्नो कुरा काट्ने छिमेकीहरुले पनि अहिले आ आफ्नो वारीमा आप खेती लगाएका छन् ।
यसरी सो क्षेत्रमा आप खेती को आरम्भ गर्दै अरुलाई नेतृत्व प्रदान गर्नुभएका किसान भण्डारीले २०७२ सालमा राष्टपति पुरस्कार समेत प्राप्त गर्नुभएको छ । तर किसान भण्डारी अवको केही वर्ष पछि भने आपको वजारमा समस्या आउने हो की भन्ने चिन्तामा पनि हुनुहुन्छ । यो सम्भावित समस्या नआवस् भन्नका लागि वेलैमा यो क्षेत्र आवश्यकीय फ्याक्ट्रीहरु खुल्न जरुरी रहेको उहाँको भनाई छ । किसान भण्डारीको आप वगैचामा अम्रपाली,वम्वई,मालद लगायत करिव १२ जातका आप छन् ।
हजारौ मानिस वेरोजगार रहेको स्थानमा यसरी यी एक जना किसानले दुई जना व्यक्तिलाई रोजगारी दिनु खासै विशेष नलाग्ला तर हरेक लाखको गणना गर्दा शरुवात १ वाट हुने कुरालाई हामी कसैले नकार्न सक्दैनौ । त्यसैले कृषी प्रधान देश नेपालमा कृषीलाई उत्पादनमुखी,आधुनिकिकरण र व्यवसायीक वनाउदै अघि वढेन सके यहाँका हरेक मानिसको आम्दानीको वाटो मजवुद वनाउन र रोजगारको अवसर र्सिजना गर्न सकिन्थ्यो की ?

