सिरियाको राजधानी दमासकसनजिकै अन्तर्राष्ट्रिय विमानस्थलमा भीषण विस्फोट

बेरुत ,१४ बैशाख । सिरियाको राजधानी दमासकसनजिकै रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बिहान सबेरै भीषण विस्फोट भएको बिशेष कारण नबताइ मानव अधिकार समूहले जानकारी दिएको छ ।

विस्फोटन भीषण भएको यसको आवाज दमासकसबाट नै सुनिएको सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जानकारी दिएको छ । सिरियाको राजधानी दमासकसबाट २५ किलोमिटर दक्षिणपूर्वमा सो अन्तर्राष्ट्रिय विमानस्थल पर्दछ ।

युद्धग्रस्त यस देश सिरियाको सुचना स्रोतको रुपमा रहेको बेलायतसँगआवद्ध अब्जरभेटरी यस विस्फोटनको पुष्टि गर्दै यो विमानस्थल भित्रभने नभएको प्रष्ट पारेको छ । विस्फोटनको कारण भने प्रष्ट नभएको अब्जरभेटरीका प्रमुख अब्देल रहमान रामीले बताउनु भएको छ ।

सिरियाका सरकारको विरोध गर्दै सन् २०११ बाट सुरुको भएको द्वन्द्वमा परी सो समयदेखि हाल सम्म ३ लाख २० हजार भन्दा बढी व्यक्तिको मृत्यु भईसकेको छ । उक्त द्वन्Þद्वमा परी लाखौ व्यक्ति घाइते भएका छन् भने लाखौ देश भित्र र छिमेकी देशमा शरणार्थी जिवन विताउन बाध्य भएका छन् । रासस ÷एएफपी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖