रहेनन् अब भारतीय अभिनेता विनोद खन्ना, ७० वर्षको उमेरमा निधन

मुम्बई— बलिउड अभिनेता एवं सांसद विनोद खन्नाको ७० वर्षको उमेरमा बिहीबार निधन भएको छ। १४० भन्दा बढी फिल्ममा अभिनय गरेका उनको बिहीबार मुम्बईको एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा निधन भएको हो।

क्यान्सर पीडित उनी अप्रिलको पहिलो सातादेखि अस्पताल भर्ना भएका थिए। अस्पतालले एक विज्ञप्ति जारी गर्दै खन्नाको आज बिहान ११:२० कार्सिनोमाको कारण निधन भएको उल्लेख गरेको थियो।

सन् १९४६ मा पेशावरमा जन्मिएका अभिनेता खन्ना सक्रिय भारतीय राजनीतिज्ञ समेत थिए। उनी पञ्जाबबाट चार पटक सांसद निर्वाचित भए।

सन् १९६८ मा सुनिल दत्तको फिल्म ‘मन कि मित’बाट बलिउड फिल्ममा डेब्यु गरेका उनले ‘हात्ती मेरा साथी’ फिल्मको लागि फिल्म फेयर अवार्ड जितेका थिए। उनको ‘एक थी रानी ऐसी भी’, फिल्म यसै महिना रिलिज भएको थियो। सक्रिय राजनीतिमा लागेका उनी पछिल्लो समय ‘प्लेयर’, ‘दबंग’, ‘दबंग २’ लगायत फिल्ममा देखिएका थिए।

करिअरको सुरुमा उनी सहायक अभिनेता एवं खलनायकको रुपमा देखिएका थिए।

‘मेरे अपने’, ‘दयावान’, ‘कुर्बानी’, ‘मेरा गाउँ मेरा देश’, ‘मुकद्दर का सिकन्दर’, ‘लेकिन’, ‘हेराफेरी’, ‘अमर अकबर एंथनी’, ‘जुर्म’, ‘चाँदनी’, और ‘क्षत्रिय’ जस्ता फिल्ममा गरेको अभिनयका लागि दर्शकले उनलाई सम्झिने गरेका छन्। करिअरको उचाईमा पुगेका बेला उनी अध्यात्मिक गुरु रजनिशको शिष्य बनेका थिए। त्यसपछि सन् १९८७ मा मात्र उनी फिल्ममा फर्किएका थिए।

१९९७ मा भारतीय जनता पार्टी प्रवेश गरेका उनी पंजाबको गुरदासपुरबाट चार पटक लोकसभाका लागि चुनिए। उनी १९९८, १९९९, २००४ तथा २०१४ मा विजयी भए भने २००९ मा उनले चुनाब हारेका थिए। अटल बिहारी वाजपेयी सरकारकामा पर्यटन तथा संस्कृति मन्त्रीको रहेका उनलाई पछि विदेश राज्यमन्त्रीको जिम्मेवारी पनि दिइएको थियो।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖