धनकुटामा घण्टे बोकाको आतंक, महिलाहरुलाई हानेर सख्त घाईते बनायो

धनकुटा खबर, बैशाख १६ । देउताको नाममा छाडा छाडिएको घण्टे बोकाले हानेर धनकुटामा एक जना जेष्ठ नागरीक सख्त घाईते भएका छन् ।

धनकुटामा रहेको निशान थान मन्दिरको नाममा छाडिएको कालो बोकाले हान्दा धनकुटा तल्लो कोप्चेकी ६५ बर्षि लगनी राई सख्त घाईते भएका हुन् ।

बसिरहेको स्थानमा अचानक बोकाले हान्दा उनको देब्रे खुट्टाको तिघ्रामा करिव आधा फुट लामो गहिरो घाउ भएको छ ।

करिव ३ घण्टा लामो अपरेशन पछि घाईते राई धनकुटा अस्पतालमा उपचारको क्रममा रहेकी छिन् ।

यस अघि सोहि वडाको पुजारी टोल र कर्मिटारका दुई महिलाहरुलाई उक्त कोकाले हानेर घाईते बनाएको स्थानियबासीहरुले बताएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।