‘उम्मेदवारलाई नोट होइन, आफ्नो अमूल्य भोट दिनुस्’

काठमाडौं, २० वैशाख । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले स्थानीय तहको पहिलो चरणको निर्वाचनको उम्मेदवारी मनोनयनपछि निर्वाचनको वातावरण फागुपूर्णिमा पर्वजस्तो रङ्गीचङ्गी र उत्साहित बनेको बताएका छन् ।

बहिरा नागरिकका लागि स्थानीय निर्वाचनसम्बन्धी बुधबार काठमाडौंमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा उनले मङ्गलबारको मनोनयनपछि बुधबार बिहानदेखि नै उम्मेदवारहरू निकै उत्साहपूर्वक र खुसीयालीका साथ झन्डा र चुनाव चिह्नसहित निर्वाचन प्रचारप्रसारमा जुटिसकेको जानकारी दिए । सामाजिक र सांस्कृतिक रुपमा मिलेर बसेको हाम्रो समाजमा निर्वाचन प्रचारप्रसारको क्रममा एक अर्कामा होच्याउने र अवहेलना गर्ने कार्य नगर्न सबै उम्मेदवार र राजनीतिक दललाई आग्रह गर्दे उनले भने- ‘उम्मेदवारी दर्ता गर्नुअघि भगवानसँग आशट्ठर्वाद लिएर जानुभएको छ, अब उहाँहरुले कानुनको बर्खिलाप गर्नुहुन्छ भन्ने लाग्दैन ।’

उम्मेदवारलाई निर्वाचन कानुन, नियम र आचारसंहिताको पालना गराउन अरुले पनि दबाब दिनुपर्छ भन्दै उनले अहिले नै कानुनको उल्लङ्घन गर्नुहुन्छ, भने निर्वाचित भएपछि झन् कसरी पालना गर्नुहुन्छ भनी प्रश्न सोध्न सुझाव दिए । निर्वाचनको बेलामा उम्मेदवारले ‘भोट र नोट’ दुबै माग्न सक्नेतर्फ इङ्गित गर्दै प्रमुख निर्वाचन आयुक्त यादवले भने- ‘‘निर्वाचनको बेला उम्मेदवारलाई एक मुठ्ठी चामल पनि नदिनुहोला, एउटा भोटसँगै कतिपयले नोट पनि माग्ने गर्दछन्, त्यस अवस्थामा भोट दिन्छौं, नोट दिदैँनौं स्पष्टसँग भन्नुहोला ।’

नेपाल राष्ट्रिय बहिरा सङ्घका अध्यक्ष रामप्रसाद पन्तले निर्वाचनसम्बन्धी संशय समाप्त भएकाले निर्वाचन आचारसंहिताको परिधिभित्र रहेर मतदातालाई मतदानमा किन भाग लिनुपर्छ भनेर प्रेरित गर्ने काममा सबै तह र तप्का लाग्नुपर्ने सुझाव दिए । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।