निर्वाचन प्रक्रिया बिथोल्न खोज्नेमाथि निगरानी राखिने

काठमाडौँ, २० वैशाख । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा कुनै पनि पार्टी, समूह तथा आपराधिक समूहले निर्वाचन प्रक्रियालाई खलल पु¥याउन गर्नसक्ने गतिविधिप्रति विशेष निगरानी गर्ने भएको छ ।

यहाँ आज आयोजित कार्यक्रममा परिसरका प्रमुख प्रहरी नायब महानिरीक्षक बमबहादुर भण्डारीले यो जानकारी दिनुभएको हो ।

उहाँले काठमाडौँबाट निर्वाचन सुरक्षामा केन्द्रित भई गरिएका कार्यको जानकारी लिँदै समयसापेक्ष विकसित घटनाक्रमप्रति चनाखो भई सुरक्षा योजना निर्माण तथा कार्यान्वयन गर्न निर्देशन दिनुभयो ।

कानुन विपरीत क्रियाकलाप गर्नेलाई समयमै नियन्त्रणमा लिएर आवश्यक कारबाही गर्न र निर्वाचनमा सहभागी हुने जनताका लागि भयरहित वातावरण सिर्जना गर्न मातहतका वृत्त, प्रभाग तथा कर्मचारीलाई उहाँले निर्देशन पनि दिनुभयो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।