पाकिस्तानमा ४ आतङ्ककारीलाई फाँसीको सजाय

इस्लामाबाद, २० वैशाख । पाकिस्तानमा चार जना आतङ्ककारीलाई बुधबार फाँसीको सजाय दिइएको छ । आतङ्कबादमा सलग्नता रहेको आरोपमा ती चार आतङ्ककारीलाई फाँसी दिइएको पाकिस्तानी सैनिक स्रोतले जानकारी दिएको छ ।

सैनिकद्वारा प्रकाशित विज्ञप्तिका अनुसार निर्दोष नागरिकमाथि आक्रमण र सशस्त्रबल माथि आक्रमणजस्ता आतङ्ककारी आक्रमणमा सलग्नता रहँदै आएको आरोपमा यी चार आतङ्ककारीलाई फाँसी दिइएको छ ।

फाँसीका सजाय पाएका ती आतङ्ककारी प्रतिबन्धित समूह तेहरिक ए तालिवन पाकिस्तानसँग आवद्ध रहेको जानकारी दिइएको छ ।

सन् २०१४ को डिसेम्बरमा पेसावरको एक सैनिक विद्यालयमा भएको भीषण आक्रमणपछि पाकिस्तानमा सैनिक अदालतको स्थापना भएको थियो । सैनिक विद्यालयमा भएको यस आक्रमणमा परी १३५ जना बालबालिकासहित १५० व्यक्तिको मृत्यु भएको थियो ।

यस भयानक आक्रमणपछि स्थापना भएको सैनिक अदालत आतङ्ककारीको पहिचान गरी फाँसीको सजाय दिने गरेको छ । गत मार्चमा पाकिस्तानी संसद्ले थप दुई वर्षको लागि सो सैनिक अदातललाई अनुमोदन गरेको थियो । गत जनवरीमा नै यस अदालतको दुई वर्षको अवधि समाप्त भएको थियो । रासस÷सिन्ह्वा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।