प्रचण्ड र देउवाको यस्तो आग्रह पछि गृहमन्त्री विमलेन्द्र निधिले राजीनामा फिर्ता लिए, आजैबाट काममा फर्कने

वैशाख २१ । गृहमन्त्री विमलेन्द्र निधिले दिएको राजीनामा फिर्ता लिएका छन् । प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र निधीबीच आज विहान छलफल भएको थियो । उक्त बैठकमा प्रचण्ड र देउवाले निर्वाचन सफल पार्नु पर्ने भन्दै राजीनामा फिर्ता लिएर काममा र्फकन आग्रह गरेका छन् ।

गृहमन्त्रीबारे नै बुधबार राति अबेरसम्म कांग्रेसका शीर्ष नेताहरुबीच छलफल भएको थियो । उक्त छलफलमा सभापति देउवाले निधीलाई राजीनामा फिर्ता लिएर गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्न आग्रह गरेका थिए ।

प्रधानन्यायाधीश सुशीला कार्की्विरुद्ध महाअभियोग दर्ता भएपछि कांग्रेसको तर्फबाट सरकारमा नेतृत्व गरेका निधीले गृहमन्त्रीबाट राजीनामा दिएका थिए ।

अब उपप्रधान तथा गृहमन्त्री निधी सरकारको बरियतामा दोस्रो स्थानमा रहनेछन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।