एमाले अध्यक्ष ओलीसँग चिनियाँ राजदूत यु होङको भेट वार्ता, निर्वाचन र संविधान संशोधनबारे ओलिले दिए यस्तो सटिक जवाफ
काठमाडौँ, २१ वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि चिनियाँ राजदूत यु होङले आज भेट गरी स्थानीय निर्वाचन, संविधान संशोधनलगायत समसामयिक विषयमा छलफल भएको छ ।
आज एमालेको संसदीय दलको कार्यालय, सिंहदरबारमा भएको भेटमा अध्यक्ष राजदूतको जिज्ञासा मेटाउँदै अध्यक्ष ओलीले पहिलो चरणको स्थानीय निर्वाचन प्रक्रियामा अघि बढेको तर पहिलो र दोस्रो चरणबीचमा ग्याप धेरै समय नराख्न पार्टीले प्रस्ताव गरेको अवगत गराउनुभएको थियो ।
भेटमा सहभागी एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार अध्यक्ष ओलीले संविधान संशोधन के का लागि भन्ने एमालेले बुझन नसकेको जनाउँदै नेपालको विकास र संविधान कार्यान्वनमा चीनको सद्भावका लागि धन्यावद दिनुभएको थियो । भेटमा दुई देश र दुई पार्टीबीचका आपसी सम्बन्धका विषयमा पनि छलफल भएको थियो । – रातो सूर्य


