एमालेका वरिष्ठ नेता नेपालले भने,- विगतका कामको मूल्याङ्कन गरी गलत र असल छुट्टाएर कुनै एक दललाई भोट गर्नुहोस्

पोखरा, २२ वैशाख । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा जनताको भलो चाहने दललाई भोट दिन आग्रह गर्नुभएको छ ।

एमाले पोखरा–लेखनाथ–५ निर्वाचन परिचालन कमिटीले पोखराको मालेपाटनमा आज आयोजना गरेको उम्मेदवार परिचय एवम् निर्वाचन सभालाई सम्बोधन गर्दै विगतका कामको मूल्याङ्कन गरी गलत र असल छुट्टाएर कुनै एक दल रोज्नुपर्नेमा जोड दिनुभयो ।

एमाले एक देशभक्त र नयाँ नेपाल बनाउने सपनाको परिकल्पनाकार भएकोे चर्चा गर्दै उहाँले पोखरालाई अन्तर्राष्ट्रियस्तरको पर्यटकीय केन्द्र बनाउन एमालेले विशेष महत्व दिने बताउनुभयो ।

एक महिनाको अन्तरालमा हुन गइरहेको दोस्रो चरणको निर्वाचन भने राजनीतिक अन्यौल र अनिश्चिता बढेको बताउँदै उहाँले एक महिनाको समयावधि छोट्टाएर वार्षिक नीति तथा कार्यक्रम र बजेटअघि नै दोस्रो चरणको निर्वाचन गरिनुपर्ने धारणा राख्नुभयो ।

व्यवस्थापिका–संसद विकास समितिका सभापति रविन्द्र अधिकारीले पाँच वर्षभित्र पोखरालाई अव्यवस्थित वसोवास स्थितिको अन्त्य गरी सबैलाई आवासको सुविधा दिने गरी एमालेले कार्यक्रम ल्याउने जानकारी दिनुभयो ।

उहाँले स्थानीय तहको निर्वाचन हुनै नदिने गरी अनेकौँ षडयन्त्र भइरहेकाले त्यसतर्पm सचेत हुन सबैसँग आग्रह गर्नुभयो ।

निर्वाचन परिचालन कमिटिका संयोजक विष्णुप्रसाद बरालको अध्यक्षतामा भएको सो कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष कृष्ण थापा, वडा नं ५ का वडाध्यक्ष पदका उमेदवार धनबहादुर नेपाली र गायत्री भुर्तेललगायतका वक्ताहरुले मन्तव्य राख्नुभएको थियो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖