युकेबासी नेपाली किराँतीहरुद्वारा पाख्रीबासको समितिलाई आर्थिक सहयोग

धनकुटा खबर, बैशाख २४ । किराँत भाषा उत्थान तथा संरक्षण समिति पाख्रीबासलाई युकेबासी नेपाली किराँतीहरुले आर्थिक सहयोग गरेका छन् ।

संस्थाको स्तरोन्नतीका लागि उनीहरुले समितिलाई ३ लाख ५० हजार आर्थिक सहयोग गरेका हुन् ।

राजमान राईको नेतृत्वमा संकलित सो रकम आज धनकुटाको पाख्रीवासमा आयोजित एक कार्यक्रमको वीच समितिका उपाध्यक्ष श्याम प्रकाश राई,संयोजक डागम कुमार राई र सचिव केशव राईलाई हस्तान्तरण गरिएको छ ।

साथै किराँतीहरुको अभौली पर्व, चण्डी पूर्णीमा विविध कार्यक्रमको आयोजना गरी पाख्रीवासमा मनाईने भएको छ । यही वैशाख २७ गते पर्ने उभौली पर्वका लागि तयारी शूरु गरिएको किराँत भाषा उत्थान तथा संरक्षण समितिका उपाध्यक्ष श्याम प्रकाश राईले जानकारी दिनुभएको छ ।

पर्वको अवसरमा २७ गते यो समितिमा सम्वद्ध माद्यमीक शिक्षा परिक्षा र डिग्री उत्र्तीण गरेका छात्रछात्राहरुलाई सम्मान गरिने पनि समितिले जनाएको छ ।

यो समितिमा पाख्रीवासका ५७ घर किराँती राईहरु सम्वद्धछन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।