आज प्रचण्डले कटुता बिर्सेर रुखमा भोट हालेको दिन, जस्लाई चुनाव चिन्ह रुख सम्झदा रिस उठ्थ्यो !

काठमाडौं । राजनीतिमा प्रतिशोध हुँदो हो त नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका लागि नेपाली कांग्रेस प्रमुख दुष्मन हुने थियो । उसको चुनाव चिन्ह रुख सम्झदा रिस उठ्थ्यो होला ।

राजनीति पनि कस्तो अनौठो चिज ! हिजो त्यही व्यक्ति अर्थात कांग्रेस सभापति शेरबबहादुर देउवा थिए, जसले माआवादीले अघि सारेका ४० सुत्रीय माग सम्बोधन गर्न नसक्ने जावफ दियो, फलतः बन्दुक उठाउन पर्यो, निरन्तर १० वर्षसम्म शसस्त्र द्धन्द्ध भयो, १७ हजारको ज्यान गयो, कैयौं अहिले पनि अपाङ्ग र घरवार विहिन छन् । त्यति मात्र होइन, जसले हिजो आतंककारी घोषणा गरयो, टाउकोको मूल्य तोक्यो, उसैसँग आज मित्रवत् सम्बन्ध छ । उसैलाई मतदान गर्नु परेको छ । त्यो आजकै दिन हो, विगतलाई विर्सेर नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेसको चुनाव चिन्ह रुखमा भोट हालेका दिन ।

हुन त मतदान गोप्य हुन्छ । सहमति नतोडेको भए प्रचण्डले पक्कै पनि रुखामा भोट हालेको हुनुपर्छ । किनकी उनी मतदाता रहेको चितवनको भरतपुर महानगरपालिकामा कांग्रेससँग त्यसरी नै तालमेल भएको थियो ।रुखमा भोट हाल्ने बेलामा प्रचण्डले पक्कै पनि विगतको कटुता बिर्सेकै हुनुपर्छ । आखिर राजनीति प्रतिसोध लिने र कटुता साध्ने विषय पनि त होइन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।