ललितपुरमा २२१ मतपत्र गायब, निर्वाचन अधिकृत सम्पर्कबिहीन

काठमाडौं । ललितपूरको महालक्ष्मी नगरपालिकाको वडा नम्बर ६ मा मतपत्र गायब भएको छ । २ सय २१ मतपत्र गायब भएको हो । बुधबार मतपत्र कम भेटिएपछि माओवादी केन्द्र, एमाले र कांग्रेसबीच विवाद भएकों थियो ।

मुचल्का गरिएको मतको संख्या र सदर तथा बदर मतको संख्या नमिलेपछि मतपत्र गायब भएको खुलासा भएको हो । उक्त वडामा जम्मा ३ हजार ५ सय ५१ मत खसेको थियो । सबै मत गणना गर्दा ३४२८ मत सदर र १०२ मत बदर भएको थियो ।

बुधवार विवाद कायाम नै रहेपनि बिहिबार बिहान भने निर्वाचन अधिकृत राम घिमिरेले भने नेपाली कांग्रेसका उम्मेदवार बासुदेव महर्जन बिजयी भएकों सूचना टाँस गरेका थिए । नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र महर्जनले १३४२ मत ल्याएका छन् । माओवादी केन्द्रको १३३९ मत छ ।

माओवादी केन्द्रले आफ्ना उम्मेदवार हराउन षड्यन्त्र गरेको आरोप लगाएको छ । निर्वाचन अधिकृत घिमिरे सम्पर्कबाहिर छन् । उनको मोबाइल स्विच अफ छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।