यी हुन नेपालका सांसद, भारतीय नागरिक नरसिंह चौधरी जस्लाई राजेन्द्र महतोले यसरी बनाइदिए सांसद – हेर्नुहोस् प्रमाण सहित

काठमाडौं, ५ जेठ । छिमेकी देश भारतका नागरिक नेपालमा सांसद र मन्त्री बनेको कुरा नेपाल नेपालीका लागि कुनै नौलो कुरा त होइन् । भारतको नागरिकता त्यागी अंगीकृत नेपाली नागरिकता लिएर विगतदेखि नै भारतीयहरु नेपालमा सांसद र मन्त्री बन्दै आएका छन् ।

तर, भर्खरै एउटा नयाँ तथ्य बाहिर आएको छ । अंगीकृत नागरिकता लिएर सांसद र मन्त्री बन्दै हाल प्रधानमन्त्रीसहित राष्ट्रप्रमुख बन्न पाउनुपर्ने माग गर्दै विभिन्न समयदेखि आन्दोलन समेत गरिरहेका भारतबाट आएका अंगीकृत वर्चश्व रहेको मधेसवादी दलबाट सिधै सांसद बन्ने गरेको तथ्य बाहिर आएको हो ।

यसको नेतृत्वको तत्कालिन सदभावना पार्टी र अहिलेको राजपा नेपालका शीर्ष नेता राजेन्द्र महतोले गरिरहेका छन् । महतोमाथि स्वयं उनी भारतबाट आएको अंगीकृत नेपाली नागरिकको आरोप लाग्ने गर्छ । उनले पहिला आफूले नेपालको नागरिकता लिएको र पछि आफ्ना बाबुलाई दिलाएको खबरहरु बेला बेला आउने गरेका छन् । तर, यसपटक हामीले उनीमाथि लाग्ने यी आरोपलाई बल पुग्ने खालको तथ्य फेला पारेका छौं । कुरा हो सांसद नरसिंह चौधरीको । जो तत्कालिन सदभावना र अहिलेको राजपाका समानुपातिक सांसद हुन् । उनलाई राजेन्द्र महतोले नै सांसद बनाइदिएका हुन् । सांसद बनाउँदा पैसाको ठूलो चलखेल भएको स्रोतको भनाई छ ।

को हुन नरसिंह चौधरी ?

भारतको उत्तरप्रदेश प्रान्तको बलारामपुर जिल्ला भगवानपुर खादर गाउँ ब्लक एस २४ घर भएका नरसिंह चौधरी केही समययता नेपालमा राजनीति गर्दैछन् । उनका बुवा अहिले पनि सोही गाउँमा बस्छन् । उनका बुवाको नाम रामचन्द्र चौधरी हो । रोचक कुरा त के छ भने नरसिंहसँग अहिले पनि भारतको नागरिकता छ । नेपालको त हुने नै भयो किनकि नागरिकता भएरै उनी सार्वभौम नेपालको व्यवस्थापिका संसदको सदस्य नियुक्त भएका छन् । उनले कपिलवस्तुबाट नेपालको नागरिकता लिएका थिए । अर्काे कुरा नरसिंहको भारतीय निर्वाचन आयोगको मतदाता नामावलीमा अहिलेपनि नाम छ । यतिसम्मकी २०१७ (भर्खरै) उत्तर प्रदेशमा भएको चुनावको मतदाता नामावली सूचीमा समेत उनको नाम छ, जसले उनी अहिले पनि भारतीय नागरिक र मतदाता हो भन्ने पुष्टि गर्दछ । २००९ को पञ्चायत चुनावका बेला उनीसहित पुरै परिवारको नाम मतदाता नामावली सूचीमा पाइन्छ ।

नेपालको संविधानअनुसार अंगीकृत नागरिकता लिएको १० वर्षपछि मात्रै राजनीति तथा सार्वजनिक पद धारण गर्न पाउने प्रावधान छ । तर, नरसिंह त भारत र नेपालको साँझ नागरिक भई नेपालको सांसदसम्म हुन सफल भए । उनलाई यहाँसम्म पुर्याउने माध्यम पैसा बन्यो भने पुर्याउने व्यक्ति राजेन्द्र महतो बने । महतोलाई न त संविधानले रोक्यो नत कानूनले नै । मधेसी दल र आन्दोलनको आडमा एउटा भारतीय नागरिकलाई सिधै नेपालको सांसद बनाइदिएर छाडे । अर्काे कुरा नरसिंहका छोरा वृजेन्द्र यादव रुपन्देहीमा बस्छन् । उनी पेट्रोलियम व्यवसाय गर्छन् । नाकाबन्दीको समयमा उनी तेल तस्करी गर्दागर्दै पक्राउ परेका थिए ।

नेपालको अंगीकृत नागरिक लिएर थुप्रै भारतीय नागरिक सांसद र मन्त्रीसम्म बनेपछि भारतको नागरिकता परित्याग नगरिकनै नेपालको नागरिक लिएर सिधै सांसद बन्नु यो एउटा सार्वभौम राष्ट्रमाथिको ठाडो हस्ताक्षेप हो । यसले दिर्घकालमा देशलाई अप्ठेरो स्थितीमा धकेल्ने निश्चित छ । त्यसकारण यस प्रकरणमा अनुसन्धान गरिनुपर्छ । र, यस्तो प्रवृतिलाई निरुत्साहित पार्नुपर्छ ।
हेर्नुस् प्रमाणहरुः


– दैनिक नेपालबाट ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।