घेराबन्दीमा पारेर एमालेकी महिला अध्यक्षलाई माओवादी केन्द्रले आफ्नो पार्टीमा प्रवेश गराएपछि…

झलारी (कञ्चनपुर), ५ जेठ । नेकपा माओवादी केन्द्र प्रवेश गरेको भनिएकी नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ कञ्चनपुरकी नगर कमिटी अध्यक्षले त्यसको खण्डन गरेकी छन् । र, आफू पार्टीमा जुन अवस्था थिए अहिले पनि सोही पोजिशनमा रहेको स्पष्ट पारेकी छन् ।

वैशाख २९ गते कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकास्थित अनेमसंघ नगर कमिटी अध्यक्ष मोनिका भट्टले एमाले पार्टी परित्याग गरेको समाचार आएको थियो । त्यसको ७ दिनपछि शुक्रबार एक विज्ञप्ति जारी गर्दै मोनिकाले आफू पार्टीमै रहेको स्पष्ट पारेकी हुन् । उनले आफूलाई माओवादीले घेराबन्दी र दबाबमा पारेको समेत उल्लेख गरेकी छन् ।

‘लामो समयदेखि नेकपा एमाले र एमालेको भातृ संगठन अखिल नेपाल महिला संघको नगर कमिटीको अध्यक्ष भई काम गरिरहेको अवस्थामा निर्वाचनको पुर्व सन्ध्यामा केही भ्रमपूर्ण खबरहरु आईरहेको अवस्थामा मलाई समेत जोडेर केही संचार माध्यममा पार्टी परित्याग गरेको भन्ने समाचारप्रति गंभिर ध्यानाकषर्ण भएको छ’, उनले भनेकी छन्– ‘घेराबन्दी र दबाकको अवस्थामा कुनै प्रिय काम हुँदैन । म हिजो जुन पदमा थिए जुन अवस्थामा एमालेमा सोही अवस्थामा रहेको जानकारी गराउछु ।’

राष्ट्रियता, स्वाभिमान र मुलुकको समृद्धिका लागी एमाले बाहेक अर्को कुनै पार्टी ठिक नभएको ठहर गर्दै मोनिकाले यसकारण एमाले नै यो मुलुकको लागि राम्रो पार्टी भएको र आम शुभचिन्तक, सर्मथक र पार्टीका सबै नेता कार्यकर्तालाई स्थानीय तहको निर्वाचनमा शुक्लाफाटा नगरपालिकामा सूर्य ध्वजावाहक उम्मेदवारलाई विजयी गराउन अपिल समेत गरेकी छन् ।

– डेलीगल्फफ्याक्टबाट ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।