सुरक्षाकर्मीलाई भत्तामा विभेद: सेनालाई धरै, प्रहरीलाई थोरै

काठमाडौंः निर्वाचनमा खटिएका सबै तहका सुरक्षाकर्मीलाई समान सुविधा उपलब्ध गराउने भनिए पनि सेना, प्रहरी र सशस्त्रले पाउने भत्ता तह र ठाउँअनुसार फरक फरक छ ।

प्रहरी प्रधान कार्यालयले प्रत्येक कर्मचारीका लागि खाजा भत्ता र दैनिक भत्ता गरी सात दिनको पाँचसयका दरले ३ हजार ५ सय दिएको छ । दुई चरणमा हुने स्थानीय तह निर्बाचनमा सशस्त्र प्रहरी र नेपाली सेनालाई भने ११ हजार दिएको छ ।

नेपाल प्रहरीका करिब ४५ हजार कर्मचारी, शसस्त्रका करिब ३२ हजार कर्मचारी तथा नेपाली सेनाका २५ हजार कर्मचारी सुरक्षामा तैनाथ छन् ।
सुगम–दुर्गम र जिम्मेवारी अनुसार सैनिक जनशक्तिलाई ७ हजार देखि १० हजार रुपैंयाँसम्म भत्ता उपलब्ध गराउने तयारी सेनाको छ ।

नेपाल प्रहरीका एक कर्मचारीका अनुसार कम्तिमा ६ हजार दिने भनिए पनि सात दिनको भन्दै ३ हजार ५ सय मात्रै दिने निर्णयले सरकारी विभेद देखिएको प्रहरीमा एक कर्मचारीले बताए ।

मतगणना गर्न नै एकसाता भन्दा बढी लाग्ने त्यसभन्दा एकसाता अघिबाटै खट्नुपर्ने भएकाले पनि प्रहरीलाई दिएको भत्ता निकै कम भएको गुनासो प्रहरी प्रधान कार्यालयमा पुगेको राजधानीमा खबर छ ।

निर्बाचनमा खटिने सेना र प्रहरीका लागि अर्थ मन्त्रालयले दैनिक पाँचसय रुपैंयाँका दरले ३० दिनको २ लाख २६ हजार सुरक्षाकर्मीका लागि करिब १ अर्ब ५० करोड रुपैंयाँ भत्ता विनियोजन गरेको छ । जसमा सेना जोडिएको छ्न् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।