प्रचण्डले पदबाट राजिनामा दिनुअघि नै छोरा प्रकाशले फेसबुकमा पोखे यस्तो भावना…

काठमाडौं, ९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजिनामा दिनुअघि नै प्रधानमन्त्री पुत्र प्रकाश दाहालले आफ्नो कार्यकालमा चमत्कारी काम गरेको र कसैले पनि राजिनामा नमाँगेको अवस्थामा आँफैले राजिनामा दिएर अर्को चमत्कार गरेको भन्दै पितालाई बधाई दिएका छन् ।

मंगलबार अपरान्ह प्रचण्डपुत्र प्रकाशले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत प्रचण्डको राजिनामा आजै आउने जानकारीसहित प्रधानमन्त्रीको कार्यकाल पूर्ण रुपमा सफल रहेको बताएका छन् ।

उनले फेसबुकमा पोष्ट गरेको स्टाटसमा भनिएको छ,‘यो पनि प्रचण्डको रेकर्ड ! कसैले राजिनामा मागेको छैन, अविश्वास प्रस्ताव पनि दर्ता भएको छैन, संसदमा बहुमत गुमाएको छैन, सरकारमा रहेका दल र प्रतिपक्षीले पनि राजिनामा नदिन भन्दैछन्।’

उनले प्रधानमन्त्री दाहालले सत्तारुढ दल कांग्रेससँग भएको भद्र सहमति अनुसार नै राजिनामा दिन लागेको संकेत गरेका छन् । दाहालले अघि भनेका छन्,‘आर्थिक बृद्धिदर उच्च हाँसिल गरेको, लोडसेडिङ अन्त्य गरेको, महंगी नियन्त्रण गरेको, राष्ट्रिय गौरबका आयोजनाको निर्माण तीब्र पारेको, फास्ट ट्रयाक निर्माण आफै गर्ने तयारी गरेको, चिनसँग वान बेल्ट वान रोडमा सम्झौता गरेको र मधेसी मोर्चालाई सहमतिमा ल्याएर सफलतापूर्वका निर्वाचन सम्पन्न गरेको भन्दै जनताले बधाई दिइरहेका छन् ।’

त्यस्तै प्रकाशले प्रचण्डले आँफैले राजिनामा दिन लागेर नेपालमा कहिल्यै नभएको कुरा पालना गराउन खोजेको समेत बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रसँगको भद्र सहमति अनुसार सत्ता हस्तान्तरण नगरेको संकेत गर्दै भनेका छन्,‘तर, सडकमा राजिनामा माग्दै नाराबाजी हुँदा, संसदमा बहुमत गुम्दा, अविश्वास प्रस्ताव दर्ता हुँदा पनि राजिनामा नदिने नेता हरेको मुलुकमा प्रधानमन्त्री प्रचण्डले नेपाली राजनीतिमा सहमतिका पालनामा इमान्दार बन्नुपर्छ भन्ने स्थापित गर्न राजिनामा दिँदैछन् । फेरि पनि बधाई । अर्को सरकारले दोस्रो चरणको निर्वाचन सफल गरोस् ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।