बाफ रे बाफ ! जाँदाजाँदै मुख्यसचिवले किन गरे यति धेरै प्रचण्डको प्रशंसा ?

जेठ, मुख्य सचिव डा. सोमलाल सुवेदीले प्रचण्ड राजनेता भएको भन्दै उनको जस्तो नेतृत्व क्षमता भएका नेता मुलुकमा अरु नभएको बताएका छन् ।

प्रधानमन्त्रीको बिदाइमा सिंहदरबारमा सोमबार आयोजित कार्यक्रममा सुवेदीले प्रचण्डमा जस्तो राजनीतिक क्षमता र काम गर्ने इच्छाशक्ति अरु नेतामा नदेखेको बताए । ‘मैले मुलुकमा चार जना प्रधानमन्त्रीसँग काम गर्ने अवसर पाएँ’, सुवेदीले भने, ‘उहाँको जस्तो लिडरसिप क्वालिटी र इच्छाशक्ति भएको नेता अरु पाइन ।’ सुवेदीले नेपालको स्टेटमेनसिप प्रचण्डको हातमा रहेको भन्दै उक्त क्षमता थप वृद्धि हुँदै जाओस् भन्दै शुभकामना दिए ।

‘यो देशको स्टेटमेनसिप तपाईंको हातमा छ । यो स्टेटमेनसिप अझै बढ्दै जाओस् । सबका सब मान्छेहरुलाई नेतृत्व गर्नसक्ने हैसियत अझै बढोस् । यहाँबाट जाँदै गर्दा मेरो शुभकामना छ’, सुवेदीले भने । प्रचण्डमा गतिशिलता र सबैलाई नेतृत्व गर्ने क्षमता रहेको भन्द्र प्रशंसा गरे । प्रचण्डसँग काम गर्दा आफ्नै अभिभावकसँग काम गरेको अनुभव हुने समेत उनले सुनाए ।

सुवेदीले प्रधानमन्त्रीबाट हटेपछि पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मागर्दन र निर्देशन पाइराख्न आग्रह गरे । उनले प्रचण्ड नेतृत्वमा हुँदासम्म कोही पनि कर्मचारीले असुरक्षित महसुस गर्नुनपर्ने पनि बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।