‘अक्सफोर्डवाला प्रश्न पनि साझा सवालको योजनामै’

काठमाण्डौं, असार २३ । साझा सवालमा प्रधानमन्त्री शेरबहादुर देउवाको अन्तर्वार्ताले ल्याएको तरंग अझै सेलाएको छैन । जनताले सोधेको प्रश्नको जवाफ प्रधानमन्त्री जस्तो व्यक्तिले त्यसरी दिन नहुने भन्दै मानिसहरुले देउवाको चर्को आलोचना गरिरहेका छन् । कतिपयले बिबिसीको साझा सवाल भनेको विदेशी एनजिओले सञ्चालन गर्ने कार्यक्रम भएकोले त्यसमा सोधिने प्रश्न, पात्रहरु प्रायोजित हुन्छन् भनेर दावी गरिरहेका छन् । बिबिसी साझा सवाल के वास्तवमै प्रश्न र पात्रहरु प्रायोजित हुन्छन् त ? कार्यक्रममै सहभागी भएकी एक युवती जसको नाम सुरुची पन्त हो । उनले आफ्नो फेसबुकमा यो तथ्यको रहस्योद्घाटन गरिदिएकी छन् ।

सुरुचीले आफ्नो स्टाटसमा लेखेकी छन्,

‘म बालुवाटारमा प्रधानमन्त्रीसँग भएको साझा सवालको ५००औं अंकमा सहभागी भएको व्यक्ति हुँ । म लगायत ६५ जना सहभागीलाई आयोजकले प्रश्नको फारम प्रदान गरेका थियो । जहाँ म लगायत सबैले के प्रश्न सोध्ने भनेर उक्त फारममा भरेको हो । कार्यक्रम बिहान ९ बजे रेकर्ड सुरु भएको थियो । तर हामीलाई प्रश्न सोध्ने अध्यासका लागि ६:३० बजे बालुवाटार बोलाइएको थियो । हामीले करिब १ः ३० मिनेट प्रश्न सोध्ने अभ्यास गरेका थियौं । अक्सफोर्डसँग सम्बन्धित प्रश्न गर्ने साथीले पनि राम्ररी अभ्यास गर्नु भएको थियो । साझा सवाल कार्यक्रमका कर्मचारीले अभ्यास गराए बमोजिम नै प्रश्न गरिएको हो । कार्यक्रम समापन भएपछि सबैले मासु भात खाएर फर्किएको हो । तयसैले प्रश्नहरु एकदमै स्वतःस्फूर्त थिए भन्ने दावी गर्दै प्रधानमन्त्रीलाई खुईल्याउने कुरा उपयुक्त होइन कि ? ’

सुरुचीले यो स्टाटस फेसबुकमा लेखेपछि यसको स्क्रिन सट भाइरल भएको छ । सुरुचीलाई विभिन्न मिडियाहरुले पछ्याएका छन् । स्टाटसले धेरै तनाव भएपछि यो स्टाटसलाई उनले अहिले प्राइभेट गरेकी छन् । उनीसँग नेपालआजले सम्पर्क गर्ने प्रयास गरेको थियो । उनसँग टेलिफोनमा कुरा गर्न खोज्दा उनी तयार भइनन् । अर्थात यो स्टाटस र स्टाटस पोस्ट गर्ने व्यक्ति ‘फेक’ होइन । तर सुरुचीलाई यो विषय अहिले टाउको दुखाइ भएको छ । उनले पठाएको अडियो मेसेजमा भनिएको छ, ‘हेर्नुस मैले गलत त केही पनि लेखेको होइन । तर स्टाटस पोस्ट गरेपछि कल आएर हैरान छु । म कुरा चाहीँ तपाईसँग पनि गर्दिनँ । तर मैले लेखेको सत्य हो ।’

प्रधानमन्त्री देउवाको जवाफ दिने शैली ठिक थिएन भन्ने कुरामा कुनै दुई मत रहेन । तर उनलाई जसरी प्रश्न गरियो, त्यो प्रायोजित र प्रिप्लान्ड रहेछन भन्ने चाहिँ यो तथ्यले पनि देखाउँछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖