‘कुटुमा कुटु’ गायिका मेलिना राईको ‘सुन्न सकिनँ…’ को चर्चा ! (भिडियो सहित)

नेपाली सांगीतिक क्षेत्रमा हिजोआज ‘कुटुमा कुटु…’ चर्चामा छ । यिनै चर्चित गीतको लोकप्रिय गायिका मेलिना राईद्वारा स्वरबद्ध नयाँ गीत तथा भिडियो सार्वजनिक भएको छ ।

चलचित्रका मात्र नभएर ‘तिम्ले बाटो फेर्यौ अरे’जस्ता लोकप्रिय आधुनिक गीतकी गायिका मेलिनाको ‘सुन्न सकिनँ…’ बोल गीत तथा भिडियोलाई एमएमएस इन्टरटेनमेन्टले सार्वजनिक गरेको हो । सार्वजनिक गीत ‘सुन्न सकिनँ…’ दर्शक श्रोताका लागि सुनौ–सुनौ र हेरुँ–हेरुँ’ लाग्न सक्छ ।

‘सुन्न सकिनँ’ सार्वजनिकसँगै मेलिनाले हरेक प्रकारका गीत गाउन सक्छिन् भन्ने उदाहरण पेश गरेकी छन् । यो प्रेम वियोगात्मक गीत हो, जसलाई मेलिनाले गायन प्रस्तुतीतमा पनि त्यो भाव पस्केकी छन् ।

राजेश अर्यालको शब्द र टंक बुढाथोकीको संगीत रहेको यसमा म्युजिक भिडियो निर्देशक तथा गीतकारसमेत रहेका दर्पण राई र मोडल सम्झना राईले अभिनय गरेका छन् । ‘तिम्ले बाटो फेर्यौ अरे’जस्ता सुपरहिट गीतका गीतकार दर्पण र सम्झनाका अलावा यस भिडियोमा रुपा केसीको पनि अभिनय छ । भिडियोमा दर्पण, सम्झना र रुपको त्रिकोणात्मक प्रेमकथा झल्काइएको छ, जसका कारण त्यो प्रेम वियोगात्कम बनेको छ ।

यस भिडियोलाई सशांक कँडेलले निर्देशन गरेका हुन् । चितवनमा छायांकन गरिएको ‘सुन्न सकिनँ’ गीतको यस भिडियोलाई राजकुमार लामिछानेले खिचेका हुन् भने सम्पादन प्रेम शर्मा पौडेलको रहेको छ । यस गीत तथा भिडियोलाई दर्शक तथा श्रोताले रुचाउनेछन् भन्नेमा एमएमएस इन्टरटेनमेन्टका दर्पण ढुक्क छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖