यसपालिको तीज पनि ‘रक’ मै जम्ने भो – भिडियो सहित

मौलिक भाका, दोहोरी लगायत फरक शैलीमा तीजको गीत सार्वजनिक भइरहँदा गायिका सरस्वती लामाको पप तीज गीत सार्वजनिक भएको छ। पप गायिका सरस्वती लामाले पहिलो पटक गाएको रक शैलीको तीज गीत ‘यसपालीको तीज पनि रक मै जम्ने भो’ को म्युजिक भिडियो सहित सार्वजनिक भएको हो।आधुनिक वाद्ययन्त्रहरुको प्रयोगमा उनले तीजको गीतमा फरक प्रयास गर्न खोजेको बताइन्। ‘महिलाको पिडा र बेदना मात्र तीज गीतको विषय हुँदैन भन्ने मेरो गीतको आशय हो’, उनले बताइन्। भनिन्,’छोटा पहिरन तथा डिस्कोको कुरा गीतको शब्दमा छ। टंक बुढाथोकीद्वारा संगीतबद्ध उक्त गीतको म्युजिक भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका हुन्। युवराज खत्री यो गीतका छायांकार तथा सम्पादक हुन्। भिडियोमा गायिका सरस्वती लामा, रिना, विपना, निसा, मल्लिका, सुनिता, बाबुराम तथा कमलको फिचरिङ रहेको छ। हेर्नुस् भिडियो:



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।