३० लाख माग गर्दा नदिएको भन्दै एमालेका कार्यकर्ता मार्ने मनोजले व्यवसायीमाथि गोली चलाए

बुटवल, २० साउन । नेकपा एमालेका कार्यकर्ता दुर्गा तिवारीको हत्यामा संलग्न भनिएका एमालेकै कार्यकर्ता मनोज पुन फेरि अपराधिक गतिविधिमा सक्रिय भएका छन् ।

शुक्रबार दिउँसो रुपन्देहीको मणिग्राममा एक व्यवसायीलाई लक्षित गरी गोली प्रहार गर्ने घटनामा मनोजको संलग्ना रहेको बताइएको छ । सिरिसा मार्वलका सञ्चालक दुर्गालाल भण्डारीमाथि शुक्रबार गोली प्रहार भएको थियो । भण्डारीलाई लक्षित गरी दुई राउण्ड गोली प्रहार भएको हो । भण्डारी भने सुरक्षित छन् ।

घटनालगत्तै मनोज पुनले आफूले गोली प्रहार गर्न लगाएको दावी गरेका छन् । प्रहरीको मस्ट वाण्टेड सूचीमा रहेका पुन अहिले मलेसियामा बस्दै आएको बताइन्छ । लोकान्तरमा खबर छ – व्यवसायी भण्डारीसँग ३० लाख रुपैयाँ माग गर्दा नदिएकाले आफूले गोली चलाएको मनोजले दावी गरेका छन् ।

प्रहरीले भने व्यवसायी भण्डारीमाथि गोली प्रहार गर्ने व्यक्तिको पहिचान नखुलेको बताएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।