५ वर्षीय भाइकै अगाडि मध्यरातमा १४ वर्षीया दिदी बलात्कृत

वीरगन्ज । पर्साको पटेर्वासुगौली गाउँपालिकामा एक किशोरी आफ्नै घरमा आफ्नै भाइको अगाडि बलात्कृत भएकी छन् । पटेर्वासुगौली गाउँपालिका ३ शंकर सरैयाको सखुवनिया गाउँकी १४ वर्षीया किशोरी बलात्कृत भएकी हुन् ।

उनकी आमा भारतको धनकुटुवामा रहेको माइती घरमा गएको मौका पारी छिमेकी ३५ वर्षीया दयानन्द राउत थारुले किशोरीमाथि बलात्कार गरेका हुन् । नेपालआजमा खबर छ – बिहीबार राति किशोरी बलात्कृत भएपनि शनिबार आमा फर्केपछि मात्र घटना सार्वजनिक भएको हो । किशोरीका बाबुको भने चार वर्ष पहिले नै निधन भइसकेको छ ।

पीडित किशोरीका अनुसार, बिहीबार राति घरमै सुतेका बेला टाटी फोडेर थारु भित्र पसेका थिए । त्यसपछि थारुले मुख थुनेर जबर्जस्ती बलात्कार गरेको पीडित किशोरीले बताएकी छिन् ।

किशोरीमाथि बलात्कार भइरहेका बेला उनका पाँच वर्षीय भाइ पनि सँगै थिए । भाइले होहल्ला गरे पनि रातिको समयमा छिमेकीले नसुन्दा थारु भागेको उनले बताइने बताइन् ।

पीडित किशोरीले बलात्कारबारे आमालाई बताएपछि प्रहरीले आरोपित थारुलाई उनको घरबाट पक्राउ गरेको छ । आरोपित थारुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।