रेणुको जितपछि ओलीलाई होच्याउँदै प्रकाश दाहालले दिए यस्तो प्रतिक्रिया !
काठमाण्डौ । माओवादी-कांग्रेस गठबन्धकी उम्मेदवार रेणु दाहालले भरतपुर महानगरपालिकाको मेयरमा जितेपछि उनका भाइ प्रकाश दाहालले घुमाउरो पाराले एमाले अध्यक्ष केपी ओलीलाई होच्याउँदै प्रतिक्रिया दिएका छन् ।
शनिबार साँझ मतपरिणाम घोषणा भएको केहीबेरमै आफ्नो फेसबुक पेजमा लेख्दै प्रकाशले भरतपुरबासीले गफ र टुक्कामा विश्वास नगरेको भन्दै भरतपुरबासीलाई बधाई र धन्यबाद दिएका छन् । एमाले अध्यक्ष केपी ओलीको नाम उल्लेख नगरे पनि उनले सांकेतिक रुपमा आलोचना गरेका हुन् ।
भरतपुरबासी ‘सचेत’ रहेको भन्दै उनले भरतपुर महानगरपालिकामा ‘काँग्रेस र माओवादीको तालमेल अरुले तालमेल गरे जस्तो नभएको’ लेखेका छन् ।



