तेह्रथुम स्थित ऐतिहाँसिक च्याङलुङ गुफालाई पर्यटकिय रुपमा बिकास गर्न सिमाङकन

धनकुटा खबर / तेह्रथुम २३, साउन । तेह्रथुमको छथर गाँउपालिका वडा नम्बर ६ मा रहेको ऐतिहाँसिक च्याङलुङ गुफाको सिमाङकन गरीएको छ ।

पर्याटन बिकासका साथै छथरको पहिचानको रुपमा बिकास गर्ने उदेश्यका गुफाको सिमाङन गरीएको तक्मीनाक्ला संरक्षण समितीका अध्यक्ष महेन्द्र मादेनले बताउनु भयो । गुफा क्षेत्रलाई धार्मीक बनको रुपमा सिमानङन गरी गुफाको सिमा निर्धारण गरी पर्याटन बिकासका लागी कार्यक्रमहरुको योजना निमार्णका लागी स्थानीयका साथै सरोकारवाला बर्गहरुमा परामर्श तथा सरसहयोगको लागी अनुरोध गर्ने अध्यक्ष मादेनले बताृउनु भयो ।

छथर गाँउपालिकाको साबिक सुदाप गाविस–९ देखि सुदाप गाबिसकै ३ नम्बर डाँडेगौडा कुकुरछिर्ने भन्ने ठाँउसम्म करिब ५ किलो मिटर लामो रहेको गुफालाई संरक्षण तथा प्रचार प्रसार गर्न सके जिल्लाकै पर्याटकिय गन्तब्य बनाउको लागी गुफाको सिमाङन रअध्यायनको तयारी भई रहेका अध्यक्ष मादेनले बताउनु भयो । जिल्ला सदरमुकाम म्याङलुङदेखि करिब ४ घण्टा पैदल हिडेर पुग्न सकिने यो स्थानको आफ्नै बिशेषता रहेको स्थानीयको भनाइ छ । ढुङ्गैढुङगाको चाङ रहेको लिम्बु भाषामा चाङलुङको रुपमा भनिँदै आएको चाङलुङ अपभ्रंश भई गुफाको नाम ’च्याङलुङ’ रहन गएको स्थानीय समितीका सचिब कमान सिंह आंखेवाले बताउनु भयो ।

यो गुफाबाट परापूर्वकालमा एक जना बिज्वानी र कुकुरसँगै छिर्दा बिज्वानी बिचैमा हराए पनि कुकुर भने सुदापकै डाँडेगौडा भन्ने स्थानमा निस्किएकोले गुफाको माथिल्लो भागलाई कुकुर छिर्ने भनिएको किंम्बदन्ती रहेको यहाँका पुर्खाहरुको भनाई रहेको स्थानीय काजिमान आंखेवाले बताउनु भयो । धनकुटा जिल्लाको सिमानासँगै रहेको छथर शुक्रबारे बजारदेखि करिब १ घण्टा पैदल र सवारी साधनमा २५ मिनेटको दूरीमा रहेको गुफाको संरक्षणका तथा प्रचार प्रसारका लागी यहाँका स्थानीयहरुको चासो बढ्दै गएको छ । तेह्रथुमको छथर क्षेत्रमा पर्यटकीय सम्भावना बोकेको करिब ५ किलोमिटर लामो ऐतिहासिक च्याङलुङ गुफा प्रचारप्रसार तथा संरक्षणको अभावले ओझलमा परेको छ ।
तेह्रथुम जिल्लाको छथर सुदापमा रहेको गुफाको संरक्षण तथा प्रचार प्रसारको अभावमा ओझेलमा परेको स्थानीय समाजसेवी टेजराज आंखेवाले बताए ।

साबिक छथर गाँउपालिकाको सुदाप गाविस–९ देखि सुदाप गाबिसकै ३ नम्बर डाँडेगौडा कुकुरछिर्ने भन्ने ठाँउसम्म रहेको गुफा करिब ५ किलो मिटर लामो रहेको उहाँले बताउनु भयो ।जिल्ला सदरमुकाम म्याङलुङदेखि करिब ५ घण्टा पैदल हिडेर पुग्न सकिने यो स्थानको आफ्नै बिशेषता रहेको स्थानीयको भनाइ छ। ढुङ्गैढुङगाको चाङ रहेको लिम्बु भाषामा चाङलुङको रुपमा भनिँदै आएको चाङलुङ अपभ्रंश भई गुफाको नाम ’च्याङलुङ’ रहन गएको स्थानीय अग्रजहरुको भनाई रहेको छ ।यो गुफाबाट परापूर्वकालमा एक जना बिज्वानी र कुकुरसँगै छिर्दा बिज्वानी बिचैमा हराए पनि कुकुर भने सुदापकै डाँडेगौडा भन्ने स्थानमा निस्किएकोले गुफाको माथिल्लो भागलाई कुकुर छिर्ने भनिएको किंम्बदन्ती रहेको स्थानीयहरुले बताउने गरेका छन ।

गुफा संरक्षणका लागि ४ वर्ष पहिले अन्जान आंखेवाको अध्यक्षतामा समिती गठन गरे पनि उल्लेख्य काम गर्न नसकेको स्थानीयहरुको भनाइ छ। पर्यटकीय रुपमा विकास गर्ने हो भने तेह्रथुमको मात्र नभई नेपालकै लामो गुफाको रुपमा चिनाउन सकिने मादेनको भनाइ छ । धनकुटा जिल्लाको सिमानासँगै रहेको छथर शुक्रबारे बजारदेखि करिब १ घण्टा पैदल दुरीमा रहेको गुफाको संरक्षणका लागि स्थानीयसँगै सरोकारवाला सबै निकायले चासो दिनुपर्ने स्थानीयको माग रहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।